Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

बजेटमा गैरआवासीय नेपालीलाई दोस्रो बजार खुला गुर्नपर्ने र नयाँ स्टक एक्सचेञ्ज लगायतका सुझाव पेश

Hyundai Nepal
बजेटमा गैरआवासीय नेपालीलाई दोस्रो बजार खुला गुर्नपर्ने र नयाँ स्टक एक्सचेञ्ज लगायतका सुझाव पेश
Nabil Bank Limited

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आगामी आर्थिक वर्षको बजेटमा गैरआवासीय नेपालीलाई धितोपत्र बजारको दोस्रो बजार खुला गर्न, निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेञ्ज, र सीडीएसको पुनःसंचरना लगायतका सुझाव दिएको छ । सेबोनले अर्थ मन्त्रालयलाई आगामी आर्थिक वर्षको बजेटका लागि यस्ता सुझाव दिएको हो ।  

सेबोनले लगानीकर्ताको लगानी सुरक्षा प्रदान गर्न निजी क्षेत्रको लगानीसहितको धितोपत्रको दोस्रो बजार सञ्चालक कम्पनी र केन्द्रीय निक्षेप सेवा प्रदायक कम्पनीको संरचनात्मक सुधारसहितको सुझाव पेश गरेको छ ।  

यस्तै पूँजी बजारमा दक्ष तथा अनुभवी र ठूलो परिमाणमा लगानी गर्न सक्ने लगानीकर्ताको प्रवेश गराउने विषय समेत सुझावमा समावेश छ । सेबोनले मन्त्रालयलाई पूँजी बजारको गतिशीलता तथा स्थायित्व अभिवृद्धि गर्न स्वदेशी संस्थागत लगानीकर्ताको संलग्नता बढाउनुका साथै गैरआवासीय नेपालीलाई धितोपत्र बजारको दोस्रो बजार खुला गर्न विद्यमान कानुनी व्यवस्थामा संशोधनलगायत आवश्यक थप व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । सुझावमा गैरआवासीय नेपालीलाई दोस्रो बजार खुला गर्ने तथा बजारमा संस्थागत संलग्नता बढाई पूँजी बजारको स्थायित्व अभिवृद्धि गर्ने तथा वस्तु विनिमय बजारलाई सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ ।

सेबोनले अर्थ मन्त्रालयलाई पेश गरेको सुझावमा धितोपत्र बजारलाई आधुनिक, प्रतिस्पर्धी एवं अन्तर्राष्ट्रिय प्रणाली तथा प्रविधिअनुरूप सुविधासम्पन्न बनाई धितोपत्रको कारोबारलाई थप वृद्धि गरिने उल्लेख गरिएको छ ।  सुझावमा धितोपत्र बोर्डको कार्यालय भवन निर्माणका लागि पहल गरिने विषय पनि समावेश गरिएको छ ।  

‘पूँजीबजार विकासका लागि आवश्यक कानुनी व्यवस्था तयार गरी पूँजीबजार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिनेछ । पूँजी बजारको दीर्घकालीन विकास गर्न स्पष्ट नीतिगत, कानुनी तथा प्रक्रियागत व्यवस्था, नियमन तथा सञ्चालनको संस्थागत व्यवस्थामा सुधार, कर व्यवस्थालाई विवेकपूर्ण बनाई बजारको पहुँच तथा समावेशिता अभिवृद्धि गरिनेछ । नियमन, सञ्चालन, सुपरिवेक्षण, अनुसन्धान तथा कानून प्रवलीकरणको प्रभावकारिता अभिवृद्धि गरी बजारलाई स्वच्छ, पारदर्शी एवं विश्वसनीय बनाई अर्थतन्त्रमा दीर्घकालीन पूँजी परिचालनको प्रभावकारिता बढाइनेछ ।’ सुझावमा उल्लेख छ ।  

Shivam Cement
Sagarmatha Cement

‘सेबोनले हरित ऋणपत्र तथा ऊर्जा ऋणपत्र सार्वजनिक निष्कासनको विषय पनि सुझावमा समेटेको छ । साथै, पूँजीबजार विकासका लागि आवश्यक कानूनी व्यवस्था तयार गरी पूँजीबजार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने पनि उल्लेख छ ।  ‘नियमन, सञ्चालन, सुपरिवेक्षण, अनुसन्धान तथा कानुन प्रवलीकरणको प्रभावकारिता अभिवृद्धि गरी बजारलाई स्वच्छ, पारदर्शी एवं विश्वसनीय बनाई अर्थतन्त्रमा दीर्घकालीन पूँजी परिचालनको प्रभावकारिता बढाइनेछ’, सेबोनले पेश गरेको सुझावमा भनिएको छ ।  

सेबोनले मर्जर तथा प्राप्तिमा संलग्न संस्थाका सेयरधनीले मर्जर तथा प्राप्ति पूर्व खरिद गरिएका सेयरहरू मर्जर तथा प्राप्ति सम्पन्न भएको २ वर्षभित्र बिक्री गर्दा पूँजीगत लाभकर नलाग्ने व्यवस्था गर्न मन्त्रालयलाई सुझाव दिएको छ ।  

‘लगानीकर्तालाई लगानीको समयसीमाका आधारमा अल्पकालीन र दीर्घकालीन लगानीमा लाग्ने पुँजीगत लाभकरको दरमा आवश्यक संशोधन गरी दीर्घकालीन लगानीलाई प्रोत्साहित गरिनेछ,’ बोर्डको सुझावमा भनिएको छ, ‘नेपाल धितोपत्र बोर्डमा दर्ता भई सञ्चालनमा आउने विशिष्टीकृत लगानी कोषको प्रवर्द्धन गर्न सोको आयमा दोहोर कर नलाग्ने व्यवस्था मिलाइनेछ ,’ सुझावमा उल्लेख छ । 

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.