शुक्रबार, आश्विन २,२०८३ 10:18:31
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 10:18:31
Bizshala
Global IME Bank Limited

चीनसँग जोडिएका १४ व्यापारिक नाका ५ वर्षपछि सञ्चालनमा

चीनसँग जोडिएका १४ व्यापारिक नाका ५ वर्षपछि सञ्चालनमा
New Office

काठमाण्डौ । चीनसँग सीमाना जोडिएका १४ वटा व्यापारिक नाका ५ वर्षपछि पुनः सञ्चालनमा आएका छन् । विस २०७६ माघ ५ गतेदेखि कोरोना संक्रमणका कारण बन्द गरिएका १४ वटा व्यापारिक नाका शनिबारदेखि पुनःखुला गरिएको हो ।  

शनिबार चीनको छेन्ताङमा आयोजित एक कार्यक्रमका बीच परराष्टमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाम निमाले संखुवासभाको किमाथांकासहित १४ वटा व्यापारिक नाका सञ्चालनमा आएको संयुक्त घोषणा गरेका हुन् ।  

नाका खुला घोषण कार्यक्रममा सहभागी भएर फिर्ता हुने क्रममा परराष्टमन्त्री श्रेष्ठले तुम्लिङटार विमानस्थलमा चीनसँग सीमाना जोडिएका १४ वटा व्यापारिक नाका सञ्चालनमा आएको घोषणा भएको बताउँदै सीमा क्षेत्रका जनताको अन्तरक्रिया, व्यापार र सास्कृतिक क्षेत्रमा योगदान पुग्ने विश्वास व्यक्त गरे । श्रेष्ठका अनुसार शनिबारदेखि दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा, ताप्लेजुङ र संखुवासभाको किमाथांकाका सीमा जोडिएका नाका खुलेका छन् भने अन्य ७ वटा नाका केहि समयपछि खुला हुनेछन् ।  

Shivam Cement
Bizshala
CG Motors

किमाथांकासहित नेपाल–चीन सीमामा रहेका १४ वटै व्यापार नाका पुनः सञ्चालनको उद्घाटन समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री श्रेष्ठको नेतृत्वमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव, भोटखोला गाउापालिकाका अध्यक्ष वाङछेदर भोटे, प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत सहभागी थिए ।

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.