Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

कांग्रेसको अवरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित

Hyundai Nepal
कांग्रेसको अवरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित
Nabil Bank Limited

काठमाण्डौ । सरकारको आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबीच आज सरकारको नीति तथा कार्यक्रम पारित भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधनका क्रममा रहेको सरकारको नीति तथा कार्यक्रमलाई प्रतिनिधिसभाको आइतबारको बैठकले पारित गरेको हो ।  

सभामुख देवराज घिमिरेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका थिए । त्यसअघि नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा १ घण्टा छलफल भएको थियो ।  

Shivam Cement
Sagarmatha Cement

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले नीति तथा कार्यक्रममा  संशोधन राखेका थिए । नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएका थिए ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि सहकारीको रकम हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संसदमा अवरोध जारी राखेकाले नीति तथा कार्यक्रममा छलफल हुन पाएको थिएन ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.