Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ र पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटलबीच व्यवसायिक सम्झौता

Hyundai Nepal
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ र पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटलबीच व्यवसायिक सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड र .नयाँ बजार काठमाण्डौमा रहेको पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालिबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।  

सहमतिपत्रमा पिपुल्स डेन्टल कलेजका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर चन्द र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका छन् ।

उक्त सहमतिपत्रमा उल्लेख भएबमोजिम नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लेखनाथमार्ग ठमेल, काठमाण्डौमार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ताहरुले दन्त परिक्षण निःशुल्क, दाँत सफा गर्दा २० प्रतिशत, दाँत निकाल्ने र दाँतभर्दा १५ प्रतिशत तथा दाँतसम्बन्धी अन्य सेवामा ५ प्रतिशत तथा जनरल अस्पताल, नयाँ बजारले सञ्चालन गर्ने सेवाहरुमा परीक्षण निःशुल्क पाइनुका साथै, बेड चार्जमा १५ प्रतिशत तथा ल्याब, भिडियो एक्स् रे, ईसीजी र ओटीमा क्रमशः १० प्रतिशत विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।

Shivam Cement
Sagarmatha Cement

पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल, नयाँ बजार काठमाण्डौ सन् १९९७ मा स्थापना भई हालसम्म अनवरत रुपमा सञ्चालित त्रिभुवन विश्वविद्यालयद्धारा सम्बन्धन प्राप्त नेपालकै प्रथम डेन्टल कलेज एण्ड हस्पिटल हो । जसले डेन्टल कलेज तथा जनरल अस्पताल सञ्चालन गरी विभिन्न स्वास्थ्य सम्बन्धी सेवा सुविधा प्रदान गर्दै  आइरहेको छ । 

सम्झौता कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे भने पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटलका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर चन्दले पनि आपसी सहकार्यबाट व्यवसायिक उचाई हासिल हुने अपेक्षा राखे ।  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.