काठमाण्डौ । बैंक तथा वित्तीय संस्थालाई सेयर खरीद तथा बिक्रीमा गरिएको केही सहज व्यवस्था भोलि(सोमबार)देखि कार्यान्वनयमा आउने भएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षामार्फत संसोधन गरेको व्यवस्था कार्यान्वयनका लागि आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरेको हो ।
निर्देशनपछि समीक्षामार्फत घोषित व्यवस्थाको कार्यान्वयन हुन थाल्नेछ ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी बिक्री गर्नसक्ने व्यवस्था गरेको छ । यसअघि प्राथमिक पुँजीको १ प्रतिशत सेयर मात्रै बैंकहरुले एक आर्थिक वर्षमा बिक्री गर्न पाउथे । जसका कारण बैंकहरुले लगानीमा समेत आक्रामक नीति लिएका थिएनन् ।
केन्द्रीय बैंकले समीक्षा सार्वजनिक गरेको भोलिपल्टै यो नीतिको बजारमा सकारात्मक प्रभाव देखिएको थियो । नीतिगत व्यवस्था कार्यान्वयन नै हुन थालेपछि समेत यसको सकारात्मक प्रभाव देखिने अपेक्षा गरिएको छ ।
यस्तै, राष्ट्रबैंकले घर र गाडी किन्न पहिलाभन्दा सहज हुने गरी गरेको नीतिगत व्यवस्था सम्बन्धमा समेत सर्कुलर जारी गरेको छ।
व्यक्तिगत रुपमा घरजग्गा खरिद÷निर्माण प्रयोजनमा प्रवाहित कर्जामा ऋण भुक्तानी आम्दानी अनुपात अधिकतम सीमा ७० प्रतिशत हुने व्यवस्था पनि कार्यान्वयनमा आएको छ ।
गाडी कर्जामा रहेको यसअघिको १२५ प्रतिशतको जोखिमभारलाई १०० प्रतिशतमा झार्ने नीति समेत कार्यान्वयनमा ल्याइएको छ ।
यी दुई व्यवस्थाले व्यक्तिगत घरजग्गा खरीद तथा निर्माण बढ्ने र गाडीको व्यापारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
यसैगरी, केन्द्रीय बैंकले सर्कुलरमार्फत बैंक तथा वित्तीय संस्थाको प्राथमिक पूँजीकोष अनुपातमा सहज हुने व्यवस्था समेत कार्यान्वयनमा ल्याएको छ । असल वर्गको कर्जामा नोक्सानी व्यवस्थाका लागि साबिकमा १.२५ प्रतिशत छुट्याउनुपर्नेमा सो नीति परिवर्तन गरी १.२० प्रतिशत कायम गरिएको छ । यो व्यवस्था कार्यान्वयनमा आएपछि बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय स्वास्थयमा सामान्य भए पनि सुधार हुनेछ ।
सर्कुलरमार्फत राष्ट्रबैंकले एक वर्ष भन्दा बढी ग्रेस अवधि भएका उर्जा लगायतका पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनाहरुमा प्रवाहित असल कर्जाहरुको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुपातिक रुपमा कर्जा नोक्सानी व्यवस्था गरी अन्तिम वर्ष १.२० प्रतिशत सामान्य कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने सजिलो व्यवस्था समेत कार्यान्वयनमा ल्याएको छ ।
उदाहरणको लागि, कुनै कर्जाको ग्रेस अवधि ४ वर्ष रहेछ भने त्यस्तो कर्जाको लागि पहिलो वर्ष ०.३० प्रतिशत, दोस्रो वर्ष ०.६० प्रतिशत , तेश्रो वर्ष ०.९० प्रतिशत र चौथो वर्षदेखि १.२० प्रतिशत साधारण कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने छ । रेशम, जुट, कपास लगायतका कृषि खेती र व्यावसायिक रुपमा गरिने आँप, सुन्तला, जुनार, मौसम, किवी, ड्रयागन फ्रुट, कागती, लिची, एभोकाडो जस्ता फलपूmल खेतीका लागि प्रदान गरिएको कर्जामा पहिलो वर्ष ०.२ प्रतिशत, दोस्रो वर्ष ०.६ प्रतिशत र तेश्रो वर्षदेखि १.२० प्रतिशत साधारण कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिनेछ ।
बैंक तथा वित्तीय संस्थाले कुखुरापालन व्यवसायका लागि प्रवाह गरेको कर्जा बर्डफ्लु रोगका कारण साविकको भुक्तानी तालिका वा शर्त बमोजिम चुक्ता गर्न नसक्ने भई कर्जा पुनरसंरचना वा पुनरतालिकीकरण गर्नु परेमा एक पटकलाई ऋणीको ऋण तिर्ने लिखित योजना, धितो सुरक्षणको पर्याप्तता र भविष्यमा ऋण तिर्न सक्ने क्षमताका आधारमा पुनसंरचना वा पुनरतालिकीकरण गरेको अवस्थामा १.२० प्रतिशत मात्र कर्जा नोक्सानी व्यवस्था कायम गर्न सक्ने गरी पुनरतालिकीकरण/पुनरसंरचना गर्न सकिने व्यवस्था समेत थप गरिएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                