बुधबार, कार्तिक ७,२०८१ 08:01:05
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:05
IME remit
Global IME Bank Limited

भियतनामको अटो निर्माता कम्पनी भिनफास्टको इभीमाथि विश्वसनीयताको प्रश्न

Hyundai Nepal
भियतनामको अटो निर्माता कम्पनी भिनफास्टको इभीमाथि विश्वसनीयताको प्रश्न
Nabil Bank Limited

काठमाण्डौ । भियतनामको अटो निर्माता कम्पनी भिनफास्टको विद्युतिय कार(ईभी)  को विश्वस्सनीयतामाथि प्रश्न उठेको छ । 

विश्वव्यापी विस्तारको प्रयासका बाबजुद कारमा देखिएको समस्या,नकारात्मक मिडिया टिप्पणी र कारप्रतिको विश्वासको अभावले कम्पनीको सफलतामा चुनौति थपेको छ ।  

Bizshala
Shivam Cement
CG Motors

कम्पनीले विश्वस्तरमा आफुलाई उभ्याउने महत्वाकांक्षी लक्ष्य लिएको छ । कम्पनीले टेस्लासँग प्रतिष्पर्धा गर्ने लक्ष्य लिएको छ । तर स्थानिय कठिनाईहरुका कारण यस्तो हुन समय लाग्ने देखिएको छ ।  

भियतनाममा कम्पनीको राम्रो ब्राण्ड पहिचान स्थापित छ । तर कम्पनीले ग्राहकहरुलाई इभी विश्वसनीय र उच्च गुणस्तरको छ भन्ने विश्वास दिलाउन भने असमर्थ देखिन्छ ।  

भियतनामका ३५ वर्षिय व्यापारी एनगो ट्रोङ टु ३५ हजार डलर मूल्य पर्ने भिनफास्ट ईभी किन्नुको साटो त्यसमा ५ हजार थपेर होन्डाको आयातित पेट्रोल कार खरिद गर्न उपयुक्त हुने बताउँछन् ।  

‘भिनफास्ट ईभी किन्नु भन्दा होन्डाको कार खरिद गर्नु सुरक्षित छ  सामाजिक सञ्जालमा धेरैजसो मानिसले आफ्नो भिनफास्ट ईभीमा समस्या देखिएको बताएका छन् ।’ एनगोले समाचार एजेन्सी एपीलाई भने,‘ म मेरो पैसा अपूर्ण प्रडक्टमा खर्च गर्न चाहदैन’ ।  

कम्पनीले भिनफास्ट इभीको निर्माण कमजोरी र कारको सफट्वेयरको समस्याका बारेमा थुप्रै गुनासाहरु प्राप्त गरिरहेको छ । चार्जिङ पूर्वाधार अविकसित रहेको भियतनाममा ईभी बिक्री गर्न चुनौतिको रुपमा देखिएको छ । गत जनवरीमा इभी र ब्याट्रीको रिभ्यु गर्ने ‘जि डिएन इभी’ युटुब च्यानलका प्रस्तोताले उनको नयाँ भिनफास्ट भिएफएटको ब्याट्रीमा समस्या रहेको र स्मार्ट चाबीले कार नखुल्ने गरेको बताएका थिए ।  

यस्तै यसको अर्को महिनामा उनले कारेको भर्चुअल असिस्टेन्ट,एक्सिलेटर र एअर कन्डिसनरमा समेत समस्या देखिएको बताएका थिए ।  

भियतनामको सरकारी मिडियाले गत वर्षको अप्रिल महिनामा भिनफास्ट इभीमा अचानक आगो लागेकोसमाचार प्रकाशित गरेको थियो ।  

कम्पनीले आगो लाग्नुको कारण पत्ता लागेको र कारमा भएको समस्याका कारण यस्तो नभएको विज्ञप्ती निकालेको थियो ।  

भिनफास्टमा भियतनामका सबैभन्दा धनी व्यक्ति फाम नाहात भुओङको स्वामित्व रहेको छ । जसले सोभियत युनियनमा तयारी चाउचाउ बिक्री गरेर व्यवसाय सुरु गरेका थिए ।  

भुओङले अहिले अमेरिका,फ्रान्स,जर्मनी र नेदरल्याण्डमा आउटलेटहरु खोलेको छन् । भिनफास्टले सन् २०२३ मा विश्वभर ५० हजार कार बिक्री गर्ने योजना बनाएको थियो । तर कम्पनीले लक्ष्यभन्दा निकै कम २५ हजार हाराहारीमा मात्रै कार बिक्री गर्न सफल भएको छ ।  

कम्पनीले गत वर्ष अमेरिकी सेयर बजारमा पाइला टेकेको थियो । अमेरिकी सेयर बजारमा प्रवेश गरेसँगै कम्पनीको मूल्य ८०० प्रतिशतले वृद्धि भएको थियो । यो वृद्धिसँगै कम्पनीको बजार पूँजीकरण २०० अर्बडलर पार भएको थियो । जसका कारण अमेरिकामा सूचीकृत कार निर्माता कम्पनीहरुमध्ये कम्पनी तेस्रो ठूलो भएको बन्न पुगेको थियो । कम्पनी टोयोटा र टेस्लाभन्दा मात्रै पछि थियो ।  

तर सेयर बजारको प्रदर्शन र कम्पनीको वास्तविक आर्थिक अवस्थामा भने भिन्नता देखिएको छ । फाइनासन्सयल टाइम्सका अनुसार सन् २०२२ मा कम्पनीले अमेरिकामा जम्मा ७ हजार ४०० वटा कार मात्रै बिक्री गरेको थियो ।  

अहिले कम्पनीको बजार पूँजीकरण घटेर १४.२७ अर्ब डलरमा झरेको छ ।  

समीक्षकहरुले भिनफास्टको मूल्य बढी निर्धारण गरिएको र कारको गुणस्तर समेत कमसल भएको प्रतिक्रिया दिईरहेका छन् ।    -एजेन्सी

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.