बुधबार, असार १८,२०८२ 10:18:03
  • बुधबार, असार १८,२०८२ 10:18:03
Global IME Bank Limited

एलन मस्कको एआई कम्पनीको मूल्य २४ बिलियन डलर पुग्यो, भित्रियो थप ६ बिलियन डलर लगानी

Hyundai Nepal
एलन मस्कको एआई कम्पनीको मूल्य २४ बिलियन डलर पुग्यो, भित्रियो थप ६ बिलियन डलर लगानी
Nabil Bank Limited

काठमाण्डौ । एलन मस्कले स्थापना गरेको एआई कम्पनी,‘एक्सएआई’२४ बिलियन डलर मूल्यबराबरको कम्पनी बनेको छ । कम्पनीले लगानीकर्ताबाट थप ६ बिलियन डलर लगानी जुटाएसँगै कम्पनीको मूल्य २४ बिलियन डलर पुगेको हो ।  

सेक्वाईया क्यापिटल,आन्द्रीसेन होरोविथ्ज र साउदी राजकुमार अवालिद बिन तलालले आइतबार कम्पनीलाई दोस्रो चरणको फण्डिङ उपलब्ध गराउने घोषणा गरेका छन् ।  

मस्कले एक्सएआईलाई गत वर्षको जुलाई महिनामा स्थापना गरेका थिए । सोमबार मस्कले एक्समा पोस्ट गर्दै आगामी साताहरुमा अझ धेरै घोषणा हुन बाँकी रहेको बताएका छन् ।  

एक्सएआईले नयाँ लगानी भएको पैसा बजारमा ल्याउने पहिलो प्रडक्ट निर्माण गर्न,उच्च प्रविधि विकास गर्न र भविष्यको प्रविधिको अनुसन्धान र विकासलाई गति प्रदान गर्न उपयोग गरिने जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

नयाँ फण्डले कम्पनीलाई चर्चित च्याटबट च्याट जीपीटी सञ्चालन गरिरहेको ओपन एआईसँग प्रतिस्पर्धा गर्न सहयोग हुने विश्वास गरिएको छ । मस्क ओपन एआईका सह–संस्थापक थिए । तर कम्पनीको दिशा–निर्देशनमा असहमति भएपनि मस्क ६ वर्षअघि ओपन एआईको अध्यक्ष पदबाट पछि हटेका थिए ।  

गत वर्षको नोभेम्बर महिनामा एक्सएआईले एक्सका सःशुल्क प्रयोगकर्ताहरुका लागि ‘ग्रोक’ नामक एआई च्याटबट विकास गर्ने घोषणा गरेको थियो ।  -एजेन्सी

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.