आईतवार, असार २९,२०८२ 01:18:37
  • आईतवार, असार २९,२०८२ 01:18:37
Global IME Bank Limited

सूजल फूड्सको चोकोफन बिगफन अब नयाँ प्याकमा

Hyundai Nepal
सूजल फूड्सको चोकोफन बिगफन अब नयाँ प्याकमा
Shivam Cement

काठमाण्डौ । सुजल फूड्स प्रालिले आफ्नो उत्कृष्ट उत्पादन चोकोफन बिगफनलाई नयाँ प्याकमा बजारमा उतारेको छ ।  

चोकोफन बिगफन चकलेटले भरिएको क्रिस्पी, क्रन्ची चारवटा तहहरुबाट बनेको हुन्छ । त्यसमाथि भेनिल्ला स्टाइप्स हुन्छ, जसको स्वादले उपभोक्तालाई अधिक रमाइलो र आनन्द प्रदान गर्ने कम्पनीको दाबी छ ।  

आकर्षक चम्किलो रातो रंग र सुनौलो रंगमा आएको चोकोफन बिगफनको नयाँ प्याकेजिङ आकर्षक रहेको छ, जसले उपभोक्ताको रुची र प्राथमिकतालाई सम्बोधन गर्ने आशा गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

Muktinath Bikas Bank Limited

 

चोकोफन बिगफन १५ ग्राममा उपलब्ध छ । जसको मूल्य १० रुपैयाँ राखिएको छ । यो प्रडक्ट जार र प्याकेटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  

कम्पनीले यसको उत्पादन संसारकै अत्याधुनिक प्रविधिको अटोमेटिक मसिनरिबाट स्वस्थकर वातावरणमा हुने उल्लेख गर्दै अन्तराष्ट्रिय  गुणस्तरको उत्कृष्ट चकलेट तथा अन्य कच्चा पदार्थ प्रयोग गरिने भएकोले गुणस्तर र स्वादमा एकरुपता हुने दाबी गरेको छ ।  

सुजल फूड्स प्रालि नेपालको अग्रणी कन्फेक्सनरी कम्पनी पनि हो, जुन आईएसओ २२०००ः२०१८ प्रमाणित छ। यो लक्ष्मी समूहको प्रमुख भगिनी संस्था हो ।  

सुजल फूड्सले विगत ५० वर्षदेखि अन्तरास्ट्रिय स्तरको वेफर, बबलगम, ललिपोप, टफी, क्यान्डी आदि उत्पादन गर्दै आएको छ ।  

कम्पनीका लोकप्रिय ब्राण्डहरुमा चोकोफन, क्रेभ, रसिलो, फ्रेसो, क्याण्डीम्यान र फ्रेसडेन्ट आदि रहेका छन् ।  

चोकोफन बिगफनले पनि आफ्ना अन्य उत्पादन झै उपभोक्ताको मन जित्न सफल हुनेमा कम्पनी आशावादी देखिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.