Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

नेटाका ईभीमा क्याटएलद्वारा निर्मित ब्याट्री प्रयोग गरिने, १० वर्षे रणनीतिक साझेदारी गर्ने सम्झौता

Hyundai Nepal
नेटाका ईभीमा क्याटएलद्वारा निर्मित ब्याट्री प्रयोग गरिने, १० वर्षे रणनीतिक साझेदारी गर्ने सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । चिनियाँ अटो निर्माता कम्पनी नेटाले आफ्ना गाडीहरुमा क्याटएल कम्पनीद्वारा निर्मित ब्याट्री प्रयोग गर्ने भएको छ । यसका लागि दुई कम्पनीबीच सम्झौता सम्पन्न भएको छ ।  

उक्त सम्झौता गत मे २४ गते नेटाको प्रधान कार्यालयमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा नेटाका सीईओ तथा सह–संस्थापक झाङ योङ र क्याटएलका संस्थापक तथा अध्यक्ष रोबिन जेङ र सीईओ फाङ युनझोउको सहभागिता रहेको थियो ।  

दुई पक्षिय रणनीतिक सम्झौताअनुसार क्याटएलले नेटालाई १० वर्षसम्म ब्याट्री उपलब्ध गराउनेछ । यी दुई कम्पनीहरुले शुन्य कार्बन, ब्याट्री स्वाप,भेइकल टु ग्रिड,ब्याट्री रिसाइकलिङ र बजार विकासका लागि समेत सहकार्य गर्नेछन् ।  

क्याटएल र नेटाले विगत केहि वर्षदेखि सहकार्य गर्दै आईरहेका छन् । नेटाले यो सहकार्यले ‘चीनको नेटा’ बाट ‘विश्वको नेटा’मा परिणत हुन सहयोग गर्ने अपेक्षा गरेको जनाएको छ ।  

Shivam Cement
Sagarmatha Cement

नेटा चिनियाँ अटो ब्राण्ड ‘होजोन अटो’को ईभी ब्राण्ड हो । जसको स्थापना सन् २०१४ अक्टोबरमा भएको थियो । सन् २०१८ मा नेटाको पहिलो मोडल एन०१ लञ्च भएको थियो । अहिले यो मोडललाई कम्पनीले निरन्तरता भने दिएको छैन ।  

क्याटएल र नेटाले सन् २०२१ मा पनि प्रविधि विकास र आपूर्ति श्रृंखलाका लागि दुईपक्षिय रणनीतिक सम्झौता गरेका थिए ।  

क्याटएल विश्वको सबेभन्दा ठूलो ईभी ब्याट्री निर्माता हो । सन् २०२३ को आँकडाअनुसार विश्वमा यो कम्पनीको बजार हिस्सा ३६.८ प्रतिशत रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.