Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Global IME Bank Limited
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Nabil Bank Limited

काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको आईपीओमा  आवेदन दिने आज आज अन्तिम दिन रहेको छ । 

कम्पनीले गत माघ १० गतेदेखि बुक विल्डिङ प्रक्रिया मार्फत योग्य संस्थागत लगानीकर्ताहरुका लागि बोलकबोल मार्फत बिक्री खुला गरेको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।    

 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक विल्डिङ प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो।

कम्पनीले अनुमति पाएको कुल सेयरमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताहरुका लागि बोलकबोल मार्फत सेयर बिक्री खुला गरेको हो ।  

सेयरको बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको छ।

बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलीपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरुलाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउनेछ। कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कटअफ मूल्यमा बाँडफाँट गरिनेछ।

कटअफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग भए धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गरिनेछ ।

त्यस्तै कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र बाँडफाँट गरिने छैन ।  

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गरेको ७ दिनभित्र सर्वसाधारणलाई छुट्टाएको ६० प्रतिशत सेयर सार्वजनिक निष्कासन गर्न धितोपत्र बोर्डमा स्वीकृतिका लागि पेश गर्नेछ ।  

सर्वसाधारणलाई कट अफ मूल्यमा १० प्रतिशत छूट प्रदान गरी आईपीओ निष्कासन गरिनेछ ।  

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.८८ वर्ष रहेको छ भने डिस्काउण्डमा लगानी फिर्ता हुने अवधि १०.७४ वर्ष रहेको छ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.