बिहीबार, बैशाख ३१,२०८३ 06:54:34
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 06:54:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आँखुखोला जलविद्युतको मुनाफा ४२.८५ प्रतिशतले घट्यो, अन्य सूचकको कस्तो छ अवस्था ?

Laxmi Sunrise Bank Limited
आँखुखोला जलविद्युतको मुनाफा ४२.८५ प्रतिशतले घट्यो, अन्य सूचकको कस्तो छ अवस्था ?
Shivam Cement

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीको मुनाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद मुनाफा लगायतका अन्य प्रमुख सूचकहरुमा गिरावट आएको देखिएको हो । 

Bizshala
New Office
CG Motors

समीक्षा अवधिसम्म कम्पनीले १ करोड ५२ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ४२.८५ प्रतिशतले कम हो । अघिल्लो  

आवको सोहि अवधिमा कम्पनीको खुद मुनाफा २ करोड ६६ लाख ५८ हजार रुपैयाँ थियो ।  

नेपाल विद्युत प्राधिकरणले चालु आवको प्रथम त्रैमासमा विदुत उत्पादनमा कटौति गर्न निर्देशन दिएकाले यसको प्रभाव कम्पनीको मुनाफामा परेको कम्पनीले जनाएको छ । क्षतिपूर्ती दाबी अहिले सार्वजनिक भएको विवरणमा समावेश नगरिएको र यसका लागि विद्युत प्राधिकरणमा प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । क्षतिपूर्ती दाबी प्राप्त भएपछि त्यसलाई अर्को त्रैमासिक प्रतिवेदनमा समायोजन गरिने कम्पनीले जनाएको छ ।  

कम्पनीको विद्युत उत्पादन तथा वितरण खर्च भने ९ लाख ४९ हजारले घटेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रशासनिक तथा अन्य सञ्चान खर्च बढेको छ । कम्पनीको खर्च ६७ लाख ८८ हजार रुपैयाा रहेको छ । जुन अघिल्लो आवको तुलनामा ३३.०५ प्रतिशतले कम हो ।  

यस्तै कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानीमा समेत गिरावट आएको छ । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानीमा १२.०४ प्रतिशतको गिरावट आएको छ । यस अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट १० करोड ७६ लाख १ हजार रुपैयाँमा आर्जन गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन मुनाफामा समेत कमी आएको छ । यस अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा ७ करोड २४ लाख ५७ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोसह अवधिसम्म यस्तो मुनाफा ७ करोड ९७ लाख रुपैयाँ थियो । यसरी कम्पनीको सञ्चालन म सनाफामा ९.११ प्रतिशतको गिरावट आएको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी ३.८१ रुपैयाँ,प्रतिसेयर सम्पत्ति ७१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५६ गुणा रहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.