Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

आँखुखोला जलविद्युतको मुनाफा ४२.८५ प्रतिशतले घट्यो, अन्य सूचकको कस्तो छ अवस्था ?

Global IME Bank Limited
आँखुखोला जलविद्युतको मुनाफा ४२.८५ प्रतिशतले घट्यो, अन्य सूचकको कस्तो छ अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीको मुनाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद मुनाफा लगायतका अन्य प्रमुख सूचकहरुमा गिरावट आएको देखिएको हो । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीले १ करोड ५२ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ४२.८५ प्रतिशतले कम हो । अघिल्लो  

आवको सोहि अवधिमा कम्पनीको खुद मुनाफा २ करोड ६६ लाख ५८ हजार रुपैयाँ थियो ।  

नेपाल विद्युत प्राधिकरणले चालु आवको प्रथम त्रैमासमा विदुत उत्पादनमा कटौति गर्न निर्देशन दिएकाले यसको प्रभाव कम्पनीको मुनाफामा परेको कम्पनीले जनाएको छ । क्षतिपूर्ती दाबी अहिले सार्वजनिक भएको विवरणमा समावेश नगरिएको र यसका लागि विद्युत प्राधिकरणमा प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । क्षतिपूर्ती दाबी प्राप्त भएपछि त्यसलाई अर्को त्रैमासिक प्रतिवेदनमा समायोजन गरिने कम्पनीले जनाएको छ ।  

कम्पनीको विद्युत उत्पादन तथा वितरण खर्च भने ९ लाख ४९ हजारले घटेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रशासनिक तथा अन्य सञ्चान खर्च बढेको छ । कम्पनीको खर्च ६७ लाख ८८ हजार रुपैयाा रहेको छ । जुन अघिल्लो आवको तुलनामा ३३.०५ प्रतिशतले कम हो ।  

यस्तै कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानीमा समेत गिरावट आएको छ । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानीमा १२.०४ प्रतिशतको गिरावट आएको छ । यस अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट १० करोड ७६ लाख १ हजार रुपैयाँमा आर्जन गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन मुनाफामा समेत कमी आएको छ । यस अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा ७ करोड २४ लाख ५७ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोसह अवधिसम्म यस्तो मुनाफा ७ करोड ९७ लाख रुपैयाँ थियो । यसरी कम्पनीको सञ्चालन म सनाफामा ९.११ प्रतिशतको गिरावट आएको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी ३.८१ रुपैयाँ,प्रतिसेयर सम्पत्ति ७१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५६ गुणा रहेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.