Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

पूँजीबजारलाई नकारात्मक प्रभाव पर्ने गरी करको दर हेरफेर भएन, ‘लगानीकर्ता निराश बन्नुपर्ने कारण छैन’

Hyundai Nepal
पूँजीबजारलाई नकारात्मक प्रभाव पर्ने गरी करको दर हेरफेर भएन, ‘लगानीकर्ता निराश बन्नुपर्ने कारण छैन’
Nabil Bank Limited

काठमाण्डौ । सरकारले पूँजीबजारलाई नकारात्मक प्रभाव पर्ने गरी करको दरमा हेरफेर गरेको छैन ।  

आगामी आर्थिक वर्षको बजेट प्रस्तुतीपछि संसदमा टेबल भएको सोही आर्थिक वर्षको आर्थिक विधेयकमा धितोपत्र बजार वा यहाँ सक्रिय लगानीकर्ताहरुमा नकारात्मक प्रभाव पर्ने गरी करको दरहरु नचलाइएको हो ।  

बजेटको २ दिनअघि लगानीकर्ताका केही संगठनहरुले संयुक्त विज्ञप्ति जारी अल्पकालीन र दीर्घकालीन लगानीकर्ताहरुबाट असूलिने पूँजीगत लाभकर फरक–फरक गरी व्यवस्था हुनुपर्ने र साबिकको व्यवस्थाभन्दा केही कम कर निर्धारण गरिनुपर्ने माग गरेका थिए । तर, उनीहरुको माग सम्बोधन भएन । 

Shivam Cement
Sagarmatha Cement

सरकारले पूँजीबजारको विकास र बिस्तारमा ध्यान केन्द्रीत गर्ने उद्देश्यले करको दर नबढाएको अर्थमन्त्री वर्षमान पुनका एक सचिवालय सदस्यले जानकारी दिए । ‘पूँजीबजारमा नकारात्मक प्रभाव पर्ने गरी करका दर नचलाइनु र बजेटमार्फत यो क्षेत्रको विकास र विस्तारको कुरालाई प्राथमिकतामा राख्नु नै सरकार यो क्षेत्रप्रति सकारात्मक छ भनेर बुझ्नुपर्छ ।’ ती अधिकारीले भने–‘पूँजीबजारको वृहत्तर विकासका लागि सरकारले गर्ने काम घोषणा भइसकेको छ । लगानीकर्ताका कतिपय माग मौद्रिक नीतिसँग सम्बन्धित छन् ।’

ती अधिकारीले ब्रोकर कमिसन भर्खरै घटेको, बजारको सुधारमा सरकार दत्तचित्त भएर लाग्ने अर्थमन्त्रीबाटै घोषणा भएको र पूँजीबजारमा धेरै प्रभाव पार्ने मौद्रिक नीतिहरु पनि खुकुलो हुँदै गएकोले सेयर बजारका लगानीकर्ता नकारात्मक बन्नुपर्ने कुनै कारण नरहेको समेत दाबी गरे ।  

‘बैंकको ब्याजदर घटेको घट्यै छ । सरकार कर्जा विस्तारलाई बढाउने रणनीतिमा छ । कर्जा विस्तार नभई आर्थिक गतिविधि बढ्दैन । आर्थिक गतिविधि नबढी हामीले लक्ष्यमा राखेको ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव हुँदैन ।’ ती अधिकारीले भने–‘६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न पनि पूँजीबजारको विकास र विस्तार नभई हुन्न । यी सबै कुरालाई विश्लेषण गरेरै हामीले धितोपत्र बजारसँग सम्बन्धित करका दर नचलाएका हौं ।’

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.