Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

इभी गाडीमा १०% ले बढ्यो कर

Hyundai Nepal
इभी गाडीमा १०% ले बढ्यो कर
Nabil Bank Limited

काठमाण्डौ । सरकारले विद्युतीय सवारी साधनमा १० प्रतिशतको दरले कर बढाएको छ ।  

विभिन्न मोटरपावरका विद्युतीय सवारी साधनमा अन्तशुल्क र भन्सारतर्फका साबिकका रेट चलाउँदै १० प्रतिशतका दरले कर बढाइएको हो ।  

नेपालमा सबैभन्दा बढी बिक्री भइरहेको ५० देखि १०० किलोवाट क्षमताका विद्यूतीय गाडीमा भन्सारमा ५ र अन्तशुल्कमा पनि ५ प्रतिशतले नै वृद्धि गरिएको छ । पहिला यो सेगमेन्टका गाडीमा १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तशुल्क लाग्थ्यो । अब २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तशुल्क लाग्नेछ ।

Shivam Cement
Sagarmatha Cement

यस्तै, ५० किलोवाटसम्मका गाडीमा भन्सार दर १० प्रतिशत मात्र लाग्दै आएकोमा त्यसलाई बढाएर १५ प्रतिशत पुर्याइएको छ भने ५ प्रतिशत अन्तशुल्क पनि थप गरी कुल २० प्रतिशत कर पुर्याइएको छ।  

१०१ देखि २०० किलोवाटसम्मका विद्युतीय सवारीको साबिकको २० प्रतिशत भन्सार दरलाई बढाएर ३० प्रतिशत पुर्याइएको छ भने २० प्रतिशत रहेको अन्तशुल्कलाई यथावत राखिएको छ।  

२०१ देखि ३०० किलोवाटसम्मका इभीमा साबिकको भन्सार दर ४० प्रतिशतलाई ६० प्रतिशत पुर्याइएको छ भने ४५ प्रतिशत रहेको अन्तशुल्कलाई घटाएर ३५ प्रतिशतमा झारिएको छ ।  

३०० किलोवाटभन्दा बढी क्षमताको इभीमा साबिकको ६० प्रतिशत भन्सारलाई ८० प्रतिशत पुर्याइएको छ भने ६० प्रतिशत रहेको अन्तशुल्कलाई घटाएर ५० प्रतिशतमा झारिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.