Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

बजेटप्रति अगुवा लगानीकर्ताको एउटै स्वर–‘नराम्रो नआउनु नै राम्रो भयो, अब बजार चल्छ’

Hyundai Nepal
बजेटप्रति अगुवा लगानीकर्ताको एउटै स्वर–‘नराम्रो नआउनु नै राम्रो भयो, अब बजार चल्छ’
Nabil Bank Limited

काठमाण्डौं । सरकारले मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक बर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेको छ ।  

यस वर्षको बजेटलाई पनि गत वर्षहरु झै पूँजीबजारका लगानीकर्ताले निकै चासोपूर्वक हेरेका थिए । तर, सरकारको नीति तथा कार्यक्रममा पूँजीबजारलाई सामान्य सम्बोधन मात्रै गरेकोमा बजेटमा समेत त्यही रबैयाले निरन्तरता पाएको देखिएको छ ।  

पूँजीबजारका लगानीकर्ताहरुको हित संरक्षण गर्नका लागि धितोपत्र बोर्डको संस्थागत सुदृढीकरण गरिने तथा नेपाल स्टक एक्सचेञ्ज र सीडीएसीको संरचनागत सुधार गरिने लगायतका घोषणा बजेटमा गरिएको छ । 

Shivam Cement
Sagarmatha Cement

साथै बस्तु विनिमय बजार सञ्चालन गर्न कानूनी र संस्थागत ब्यवस्था मिलाइने पनि भनिएको छ ।  

बजेटप्रति लगानीकर्ताहरुले मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।  

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सीराम ढकालले बजेटलाई स्वागत गर्नुपर्ने बताए । उनले भने–‘३९ प्रतिशत कर लाग्ने लगायतका विषयमा बढी हल्ला गरिएको थियो । तर आर्थिक विधेयकमा त्यस्तो केही आएको छैन । धितोपत्र बोर्ड र नेप्सेलाई सुधार गर्ने भनिएको छ । यो स्वागतयोग्य नै रहेको छ ।’

उनले आफूहरुले उठाएका केही माग सम्बोधन नभए पनि बजार नै बिगार्ने खालको बजेट र आर्थिक विधेयक नआएकोले पूँजीबजारले यसलाई स्वागत गर्ने बताए ।  

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले पनि बजेट तथा आर्थिक विधेयकका कारण लगानीकर्ता निराश हुनुपर्ने अवस्था नरहेको बताए । पाण्डेले आर्थिक वर्ष ०८१।८२ को बजेटले पुँजीबजारलाई महत्वका साथ प्रत्यक्ष सम्बोधन नगरे पनि अप्रत्यक्ष रुपमा गरेको बताए । ‘नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्गलाई सुधार गरिने, बस्तु विनिमय बजार सञ्चालन गर्न कानुनी र संस्थागत ब्यवस्था हुने, करदाताहरुको गुनासो सम्बोधन गर्न करदाताहरुसँग छलफल गर्ने, आर्थिक क्षेत्र चलायमान बनाउन अध्ययन गर्ने, लगानीमैत्री वातावरण सिर्जना गर्ने जस्ता कुराहरू उल्लेख भएकोले बजेटको कारणले लगानीकर्ताहरू निरुत्साहित हुनुपर्ने देखिएन ।’ उनले भने ।  

बजारका अगुवा लगानीकर्ता तिलक कोइरालाले पनि बजेट र आर्थिक विधेयकमा नराम्रो नआउनु नै राम्रो भएको प्रतिक्रिया दिए । कोइरालाले भने–‘हामीले विभिन्न माध्यमबाट तीव्र दवाब दिएका थियौं, त्यहीकारण सरकारले बिगार्ने काम गरेन । आर्थिक बिधेयक तथा आयकर ऐनमा पूँजीबजारको बिषयमा दोस्रो बजारलाई असर गर्ने केही छैन । अब पूँजीबजार चलयमान हुन्छ ।’

सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फूल्लेलले बजेटमा नेप्सेको पुनर्संरचना गर्ने घोषणा गरिएको उल्लेख गर्दै भने–‘नेप्सेबाट विदेशी रणनीतिक साझेदार, स्वदेशका उद्योगी व्यवसायी तथा सर्वसाधारणमा सेयर जारी गरी पुर्नसंरचना गर्नुपर्ने सुझाव दिए अनुसार बजेटमा सम्बोधन गरिएको छ । यो सकारात्मक पक्ष हो ।’

त्यस्तै धितोपत्र बोर्डको संस्थागत सुदृढीकरण गरिने, सीडीएससीको संरचनागत सुधार गरिने विषय समेत बजेटमा आउनु सकारात्मक रहेको उनको भनाई छ । निश्चित रकमभन्दा बढी पूँजी भएका कम्पनीलाई धितोपत्र बजारमा अनिवार्य रुपमा सूचीकरण गरिने व्यवस्था भएमा पुँजिबजारको दायरा फराकिलो हुने प्रष्ट्याए ।

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.