Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत १५ सय मेगावाटका ५ जलविद्युत आयोजना निर्माण गरिने

Hyundai Nepal
जनताको जलविद्युत कार्यक्रमअन्तर्गत १५ सय मेगावाटका ५ जलविद्युत आयोजना निर्माण गरिने
Nabil Bank Limited

काठमाण्डौ । सरकारले जनताको जलविद्युत कार्यक्रमअन्तर्गत १ हजार ५२१ मेगावटाका ५ वटा जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट व्यक्तव्यमार्फत यस्तो बताएका हुन् ।  

जसअन्तर्गत १ हजार ६३ मेगावाटको माथिल्लो अरुण, १०६ मेगावाटको जगदुल्ला, १ सय मेगावाटको तामाकोशी पाँचौं, ४२ मेगावाटको मोदी ए र २१० मेगावाटको चैनपुरसेती जलविद्युत आयोजनाको निर्माण थालिने बजेटमा उल्लेख गरिएको छ ।

बजेटमार्फत सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको विस्तृत अध्ययन, १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइनको कार्य पनि आगामी आर्थिक वर्षबाट थालनी हुने भएको छ । सन् २०२५ भित्र खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न जीवाश्म ऊर्जालाई स्वच्छ एवं नवीकरणीय ऊर्जाले विस्थापन गर्ने लक्ष्य सरकारले लिएको छ ।  

Shivam Cement
Sagarmatha Cement

अर्थमन्त्री पुनले हेटौडा–ढल्केबर–इनरुवा र खिम्ती–ब्रहबिसे–लस्सिफेदी ४ सय केभी प्रसारण लाइनको निर्माण गरिने समेत बताए । कर्णाली कोरिडोर ४ सय केभी प्रसारण लाइनको निर्माणको कार्यकलाई तीव्रता दिइने भएको छ । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड बजेट विनियोजन गरिएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.