बुधबार, कार्तिक ७,२०८१ 08:01:57
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:57
IME remit
Global IME Bank Limited

साइमेक्स इंकका लागि अर्थमन्त्रीले गरे ‘पोलिसी करप्सन’, बजेटको एकदिनअघि भित्र्याइयो १२०० बढी बीवाइडी

Hyundai Nepal
साइमेक्स इंकका लागि अर्थमन्त्रीले गरे ‘पोलिसी करप्सन’, बजेटको एकदिनअघि भित्र्याइयो १२०० बढी बीवाइडी
Nabil Bank Limited

काठमाण्डौ । निश्चित व्यापारिक घरानालाई फाइदा पुग्ने गरी करका दर हेरफेरको आरोप प्राय हरेक अर्थमन्त्रीले प्रत्येक वर्षको बजेट निर्माणको क्रममा खेप्छन् । यो विषय जनार्दन शर्माको पालामा बढी नै बाहिरियो । शर्माले निश्चित व्यापारिक घरानाको प्रतिनिधिलाई बजेटको अघिल्लो रात सिंहदरबारमै प्रवेश गराई करका दरमा अस्वभाविक हेरफेर गराउन सहयोग गरेको विषयले नेपाली समाज तात्यो ।

उनीपछि माओवादी केन्द्रबाट अर्थमन्त्री बन्ने मौका वर्षमान पुनले पाएका छन् । प्रचण्डको विश्वासपात्रको रुपमा हेरिएका पुनले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा मंगलबार पेश गरेको बजेट तुलनात्मक रुपमा कम आलोचित भयो । तर, केही विषयमा पुन र उनी नेतृत्वको टिमले समेत रातारात निकै ठूलो पोलिसी करप्सन गरेको र निश्चित व्यापारिक वर्गलाई लाभ पुग्ने गरी गडबडी गरेको रहस्योद्घाटन भएको छ । 

Bizshala
Shivam Cement
CG Motors

वर्षमान पुनकै भित्री लगानी भएको भनेर बजारमा व्यापक चर्चा हुने गरेको नेपालका लागि बीवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिको विजिनेश थप बुम हुने गरी अर्थमन्त्री पुनले करको दर निर्धाण गरेका र त्यो सूचना बजेटअघि नै चुहाएको रहस्य खुलेको हो ।  

साइमेक्स इंककै उच्च कर्मचारीहरुको सहयोग लिएर अर्थमन्त्री पुनले सेटिङमै अन्य इभी गाडीहरुको विजिनेश सुकाउने योजनाअनुसार बीवाइडीलाई प्रत्यक्ष लाभ पुग्ने गरी करको दर चलाएका स्रोतको दाबी छ ।  

अर्थमन्त्रालयस्थित उच्च स्रोतका अनुसार इभीमा बढाइने करको दर हेरफेरको सेटिङ मिलिसकेपछि सुनियोजित रुपमै साइमेक्स इंकले बजेटको ठीक एकदिनअघि १२०० भन्दा बढी बीवाइडी गाडी भित्र्याएको थियो ।  

बजेटमा इभीको कर हेरफेरको सूचना अन्य समूहलाई स्पष्ट रुपमा नआउँदा उनीहरु अनिर्णयको बन्दी बनेका थिए ।  

यता, पुनले सुनियोजित रुपमा कर बढ्ने सूचना चुहाएर मात्र नभई विभिन्न सेगमेन्टका इभीमा हेरफेर गर्नुपर्ने करका दरहरुको विषयमा साइमेक्स इंककै अधिकारीहरुबाट सल्लाह लिएर यस्तो काम गरेको स्रोतको दाबी छ ।  

‘साइमेक्स इंकले गत १० महिनामा २२०० भन्दा बढी गाडी बिक्री गरिसकेको छ । यसबाटै कम्पनीसँग प्रशस्त तरलता रहेको थियो । अर्थमन्त्री नै दाहिना भएपछि बजेटको ठीक एकदिनअघि १२०० बढी गाडी भित्र्याउने काम भयो ।’ अर्थस्थित एक स्रोतले भन्यो–‘यो संयोगले मात्र भएको होइन । सेटिङमै भएको निकै ठूलो पोलिसी करप्सन हो । यसको विषयमा छानबिन हुन आवश्यक छ ।’  

पछिल्लो समय इभी बजारमा साइमेक्स इंकमा अर्थमन्त्री वर्षमान पुनकै भित्री लगानी रहेको समेत चर्चा चल्ने गरेको छ । तर, यसको स्वतन्त्र पुष्टि हुने कुनै प्रमाण भने हालसम्म भेटिएको छैन ।  

एकातिर साइमेक्स इंकमा पुनकै लगानी रहेको चर्चा व्यापक हुनु र अर्कोतर्फ बजेटको ठीक एकदिनअघि १२०० गाडी भित्र्याइनु संयोग मात्र नरहेको स्रोतहरु बताउँछन् ।  

‘करको दर हेरफेर आफू अनुकुल हुने स्पष्ट नभई कुनै पनि व्यापारिक घरानाले एकैपटक अन्धाधुन्ध १२०० भन्दा बढी गाडी भित्र्याउने जोखिम लिनै सक्दैन ।’ अर्थका एक अधिकारी भन्छन्–‘त्यसै पनि बुम रहेको बीवाइडीको विजिनेशलाई थप पिकमा पुर्याउने र यही बेला अन्य इभीका खेलाडीहरुलाई सोत्तर पार्ने रणनीति देखिन्छ ।’  

बजेटको एकदिनअघि नै ठूलो परिमाणमा गाडी भित्र्याएपछि अब बीवाइडीले अरुभन्दा सस्तोमा समान सेगमेन्टको गाडी बिक्री गर्न सक्नेछ । ‘उसले यही मौकामा विभिन्न स्किम पनि ल्याइदिनसक्छ । त्यसो भयो भने अरुलाई अप्ठ्यारो पर्ने देखिन्छ ।’ स्रोतहरु भन्छन्–‘बीवाइडीमाथि भएको अर्थमन्त्रीको फेभरको विषयमा प्रधानमन्त्रीसम्म पनि कुरा पुगिसकेको छ । छानबिनको आशाबाहेक अहिलेलाई केही गर्न सकिन्न ।’  

बीवाइडीले नेपाली बजारमा एउटा गाडी बिक्री गर्दा औसतमा १० लाख रुपैयाँ नाफा राख्ने गरेको छ । सोलोडोलो यही ढंगले हिसाब गर्दा पनि उसले अर्थमन्त्रीको सदाशयताका कारण करिब डेढ अर्बको नाफा कमाउने अवसर प्राप्त गरेको छ ।  

करको दरमै फेभर

करको दर हेरफेर गर्दा नै साइमेक्स इंकको विजिनेशलाई फेभर हुने गरी काम भएको देखिन्छ ।  

अर्थमन्त्रीले बजेटमार्फत सबै सेगमेन्टका इभी गाडीको अन्तशुल्क र भन्सार गरी १० प्रतिशतले करको दर बढाएका छन् । सस्तो र महंगो सबै सेगमेन्टका गाडीमा एकैदरमा करको दर बढाउनुले पनि सेटिङमै यो काम भएको पुष्टि हुने स्रोतको दाबी छ ।  

बीवाइडीको अटो थ्री १०० किलोवाट मोटर पावरमा नेपाल भित्र्याइएको कार हो । यसको मोटर क्षमता ५० किलोवाट घटाएर करको लाभ लिन १०० किलोवाट बनाएर भित्र्याइएको कार हो ।  

बीवाइडी डल्फिन ७० किलोवाट मोटरपावरमा नेपाल भित्र्याइएको कार हो । बीवाइडीले निकै धेरै मोटर क्षमताको सिल पनि बिक्री गर्छ । तर नेपाली बजारमा अटो थ्री र डल्फिन धेरै बिक्री भएका गाडी हुन्, यी दुवै गाडी १५० किलोवाटको ओरिजिनल मोटर क्षमतालाई घटाएर नेपाल भित्र्याइएको हो ।  

१०० किलोवाटसम्मको सेगमेन्टलाई नै लाभ पुग्ने गरी अर्थमन्त्रीले पनि करको दर हेरफेर गरेका छन् ।  

नेपालमा सबैभन्दा बढी बिक्री भइरहेको ५० देखि १०० किलोवाट क्षमताका विद्यूतीय गाडीमा भन्सारमा ५ र अन्तशुल्कमा पनि ५ प्रतिशतले नै वृद्धि गरिएको छ । पहिला यो सेगमेन्टका गाडीमा १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तशुल्क लाग्थ्यो । अब २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तशुल्क लाग्नेछ ।

यस्तै, ५० किलोवाटसम्मका गाडीमा भन्सार दर १० प्रतिशत मात्र लाग्दै आएकोमा त्यसलाई बढाएर १५ प्रतिशत पुर्याइएको छ भने ५ प्रतिशत अन्तशुल्क पनि थप गरी कुल २० प्रतिशत कर पुर्याइएको छ।  

१०१ देखि २०० किलोवाटसम्मका विद्युतीय सवारीको साबिकको २० प्रतिशत भन्सार दरलाई बढाएर ३० प्रतिशत पुर्याइएको छ भने २० प्रतिशत रहेको अन्तशुल्कलाई यथावत राखिएको छ।  

२०१ देखि ३०० किलोवाटसम्मका इभीमा साबिकको भन्सार दर ४० प्रतिशतलाई ६० प्रतिशत पुर्याइएको छ भने ४५ प्रतिशत रहेको अन्तशुल्कलाई घटाएर ३५ प्रतिशतमा झारिएको छ ।  

३०० किलोवाटभन्दा बढी क्षमताको इभीमा साबिकको ६० प्रतिशत भन्सारलाई ८० प्रतिशत पुर्याइएको छ भने ६० प्रतिशत रहेको अन्तशुल्कलाई घटाएर ५० प्रतिशतमा झारिएको छ ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.