बिहीबार, असार ११,२०८३ 06:05:29
Bizshala
  • बिहीबार, असार ११,२०८३ 06:05:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकले गर्यो नेपालगन्जमा सेवा विस्तार

Laxmi Sunrise Bank Limited
लक्ष्मी सनराइज बैंकले गर्यो नेपालगन्जमा सेवा विस्तार

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले नेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ। नेपालगन्ज उपमहानगरपालिकामा नजिकै रहेका २ शाखाहरूमध्ये वडा न २, कार्काँदोचोकको शाखा सोही वडाको न्युरोडमा स्थानान्तरण गरिएको छ। स्थानान्तरण गरिएको शाखाका साविकका ग्राहकहरुले सोही उपमहानगरपालिकाको वडा न. १८ स्थित पुष्पलाल चोकमा रहेको अर्को शाखा मार्फत सेवालिन सक्नेछन्।

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवाविस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ।स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्नेछ।

New Office
CG Motors
Garima Development Bank

साथै, बैंकले आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न भैरहवास्थित सिद्धार्थ नगरनगरपालिकाको वडा न. ५ र ८ मा रहेका २ वटा शाखा गाभी सोही नगरपालिकाको वडा न. ७, नारायणस्थान (साविक सनराइज बैंकको शाखा रहेको स्थानभन्दा ७०० मिटरउत्तरतर्फ) बाट संयुक्त कारोबार सुरु गरेको छ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१८एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.