बुधबार, कार्तिक ७,२०८१ 08:01:58
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:58
IME remit
Global IME Bank Limited

डोड्रफेङ ईभीका लागि त्रिवेणी मोटोकर्पको शोरुम सञ्चालनमा

Hyundai Nepal
डोड्रफेङ ईभीका लागि त्रिवेणी मोटोकर्पको शोरुम सञ्चालनमा
Nabil Bank Limited

काठमाण्डौ । त्रिवेणी मोटोकर्प प्रालिले ललितपुरको बालकु‌मारीमा डोड्रफेङ ईभीका लागि शोरुमको शुभारम्भ गरेको छ । त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्प, चीनको डोकूफेडू अटोमोवाईल कम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त भए पश्चात कम्पनीले इलेक्ट्रिक मेहिकलहरु आयात गरी बिक्री वितरण शुरु गरेको हो ।

डोकूफेडू अटोमोवाईल कम्पनी लिमिटेड चाइनाको ३ ठूला गाडी निर्माता मध्येका एक रहेको र विश्वका ६० देशहरुमा विक्रि वितरण हुँदै आएको छ ।

हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट, १४ सिट क्षमताको डोड्रफेङ इलेक्ट्रिक प्यासेन्जर भ्यान र ४.५ तथा ५.३ चनमिटर क्षमताको कार्गो भ्यानहरु बिक्री वितरण सुरु गरेको छ ।

११ सिट क्षमताको ईभी माइक्रोमा ५० किलोवाट क्षमताको मोटर रहेको छ तथा ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० कि। मी रेञ्ज प्रदान गर्दछ।  

त्यसैगरी, १४ सिट क्षमताको ईभी माइक्रोमा ८० किलोवाट क्षमताको मोटर रहेको छ भने ५० किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० किमीको रेञ्ज प्रदान गर्दछ। डोड्रफेङ्ग का सबै इलेक्ट्रिक भ्यानरुमा सिएटीएल जडित रहेका छन् ।

Bizshala
Shivam Cement
CG Motors

कम्पनीले उक्त रेञ्जहरु ४० किमी प्रतीघण्टाको गतिमा चलाएमा प्राप्त गर्न सकिने जनाएको छ भने बाटोको अवस्था, तापक्रमको आधार, चालकको ईभी सञ्चालनको अनुभव तथा ट्राफिक अवस्थाका आधारमा त्रिवेणी मोटोकर्पले रेग्ज परिक्षण गर्दा २५० किमिको रेञ्ज सजिलै पाईने जनाएको छ ।

त्रिवेणी मोटोकर्पले होङ्गफेङ्ग इलेक्ट्रिक भ्यानहरु नेपाल भरि विक्री वितरण गर्नको लागि डिलर नेटवर्कहरुको व्यवस्था पनि गरिसकेको छ। सबै डिलर नेटवर्कहरुमा सर्भिस, पार्ट्स तथा चार्जरको व्यवस्था रहने कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकहरुलाई चार्जिङ्ग सेवा प्रदान गर्ने उदेश्यका साथ चार्जिङ स्टेशनहरु आफ्‌ना डिलर नेटवर्कमा विस्तार गरिरहेको छ साथै भविष्यमा आवश्यकता अनुसार चार्जिङ्ग स्टेशनहरुको विस्तार गर्दै जाने क्रममा रहेको जनाएको छ ।

त्रिवेणी मोटोकर्पले विर्तामोडमा सहारा अटोमोवाईल्स प्रालि, ईटहरीमा ईष्ठर्ज मोटर्स प्रालि, जनकपुर तथा विरगञ्जमा नारायणी अटोकर्प प्रालि, पोखरामा अटोवेज प्रालि, धनगढीमा प्राप्ती मोटर्स प्रालि, नारायणघाटमा स्मार्ट अटो प्रालि, ललितपुरमा स्मार्ट अटो प्रालि, भक्तपुरमा जीइभी नेपाल प्रालिमार्फत आफ्‌ना गाडीहरुको बजारीकरण गरिने जनाएको छ ।

त्रिवेणी मोटोकर्पले विक्री पछिको सेवालाई मध्यनजर गर्दै काठमाण्डौको बाहुनधारा मन्दिर मार्ग, जोरपाटीमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको छ । साथै, आवश्यक पार्टसहरुको व्यवस्था पनि गरिसकेको जनाएको छ। यसवाट बिक्रि पछिको सेवालाई सुचारु गर्न प्रशिक्षित तथा अनुभवी सर्जीस टिमको पनि व्यवस्था गरिसकेको हुनाले ग्राहकहरुले ढुक्कसँग डोश्फेद्र गाडी छनौट गर्न सक्ने कम्पनीले जनाएको छ । 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.