Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

जगदम्बा मोटर्सले ल्यायो टीभीएस मोटरसाइकलमा अफरसहितको ‘मनसुन एक्सचेन्ज’

Global IME Bank Limited
जगदम्बा मोटर्सले ल्यायो टीभीएस मोटरसाइकलमा अफरसहितको ‘मनसुन एक्सचेन्ज’
Nabil Bank Limited

काठमाण्डौ । नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘मनसुन एक्सचेन्ज’अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्ने उदेश्यले कम्पनीले यो अभियान सार्वजनिक गरेको हो ।  

यो अभियान जेठ २३ देखि जेठ २८ गते सम्म चल्नेछ । ‘मनसुन एक्सचेन्ज’अभियानले स्मार्ट कनेक्ट,आरटी एफआई बीएसभी आई, राइड मोडहरू, र जीटीटी जस्ता नवीनतम प्रविधिहरूले सुसज्जित टीभीएस मोटरसाइकल मोडलहरूमा रोमाञ्चक लाभहरू प्रदान गर्ने कम्पनीले जनाएको छ । 

Shivam Cement
Sagarmatha Cement

यी सुविधाहरूले सवारी चलाउने अनुभव, सुधारिएको प्रदर्शन र उच्च इन्धन दक्षता सुनिश्चित गर्ने कम्पनीले उल्लेख गरको छ । यस सीमित अवधिको अभियानमा ग्राहकहरूले टीभएएसको बाईक तथा स्कुटरको खरिदमा क्यास डिस्काउन्टका साथै, पुरानो मोटरसाइकलमा थप मूल्याङ्कन प्राप्त गर्नेछन । 

यी प्रस्तावहरूलाई अझ पहुँचयोग्य बनाउन जगदम्बा मोटर्सले बजारकै सबैभन्दा कम रु. ३ हजार ९९९ प्रतिमहिनाको एएमआई उपलब्ध गराएको छ । साथै, ग्राहकहरूले हेल्मेट, बाइक कभर र ब्यागलगायत निःशुल्क सामग्रीपनि प्राप्त गर्न सक्नेछन ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.