काठमाण्डौ । नविल इक्वीटी फण्डले इकाईधनीलाई रकम फिर्ता भुक्तानी गर्ने भएको छ । नविल म्युचुअल फण्ड अन्तर्गत नविल इन्भेष्टमेन्ट एण्ड बैंकिङ योजना व्यवस्थापक रही संचालित भई गत कात्तिक १८ गते परिपकव भएर खारेजीमा लगिएको नविल इक्वीटी फण्डको रकम फिर्ता भुक्तानी गर्ने भएको हो ।
योजनामा हाल कायम इर्काधनीहरुलाई अन्तिम कायम प्रति इकार्ई खुद सम्पत्ति मूल्य रु.१०.७७२६२८३७ मा प्रचलित कर कट्टा गरी हुन बाँकी हुन आउने इकाईधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा माघ १५ गतेदेखि जम्मा गर्न लागिएको हो ।
भौतिक रुपमा इकाई धारण गरेका इकाईधनीहरुले भुक्तानी रकम प्राप्त गर्नका लागि आधिकारिक परिचयपत्र र सक्कल भौतिक सेयर प्रमाणपत्रसहित कार्यालयमा निवेदन पेश गर्नुपर्ने जनाइएको छ ।
नबिल इक्वीटी फण्डको प्रति इकाई रु.१० का १२ करोड ५० लाख इकाई २०७३ कात्तिक १९ गते बाँडफाँड भई २०८० कात्तिक १८ गते परिपक्व भएको थियो ।
योजनाको नाममा रहेको लगानीलाई तीन महिनाभित्र नगदमा रुपान्तरण गरी इकाईधनीहरुलाई उनीहरुको स्वामित्वको अनुपातमा फिर्ता गुर्नपर्ने व्यवस्था अनुरुप रकम फिर्ता गर्न लागिएको हो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                