सोमबार, असार ९,२०८२ 03:13:42
  • सोमबार, असार ९,२०८२ 03:13:42
Global IME Bank Limited

आज तोलामै ४ हजारले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

Hyundai Nepal
आज तोलामै ४ हजारले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाली बजारमा आज पनि सुनको मूल्य ह्वात्तै घटेको छ । गत शुक्रबार प्रतितोला १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ४ हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम भएको छ ।  

गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ४ हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख ४० हजार ३ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३ रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ७५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२५ सय रुपैयाँ कायम भएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनचाँदीकोे मूल्यमा आएको गिरावटका कारण घरेलु बजारमा समेत सुनचाँदीको मूल्यमा व्यापक गिरावट आएको हो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३.५० प्रतिशत अर्थात ८३.१५ डलरले घट्दै प्रतिऔंस २ हजार २९३.८४ डलरमा झरेको छ । साथै चाँदीको मूल्य प्रतिऔंस ६.९१ प्रतिशत अर्थात २.१७ डलरले घट्दै प्रतिऔंस २९.१७ डलरमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.