Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

एशियन लाइफसहित १५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, दुई पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

Global IME Bank Limited
एशियन लाइफसहित १५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, दुई पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १०.२६ अंकले बढेर २ हजार १०४ विन्दुमा पुगेको छ ।  

नेप्सेमा सूचीकृत ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेप्सेमा रहेका १३ उपसमूहमध्ये ३ समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका इन्डेक्समा लाइफ इन्स्योरेन्स इन्डेक्स ०.७२ प्रतिशतले बृद्धि भएको छ, भने नन–लाइफ इन्स्योरेन्स इन्डेक्स ०।११ प्रतिशतले घटेको छ ।  

बीमा कम्पनीमा आज सर्वाधिक एशियन लाइफ इन्स्योरेन्सको सेयरभाउ ४.१२ प्रतिशतले बृद्धि भई ७०८ रुपैयाँ पुगेको छ । कम्पनीले अघिल्लो दिन मात्रै ७.७५ प्रतिशत बोनस सेयर घोषणा गरेको थियो ।  

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको पनि ३.८८ प्रतिशतले बृद्धि भई ६७० रुपैयाँ सेयरभाउ पुगको छ । यसका साथै नेपाल रि इन्स्योरेन्सको २.७८ प्रतिशत, सन नेपाल लाइफको २.७२ प्रतिशत, आइएमई लाइफको २.२० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.८७ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.७३ प्रतिशत, एनएलजीको १.७२ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.७६ प्रतिशत, हिमालयन लाइफको ०.७३ प्रतिशत, एलआइसी नेपालको ०.५० प्रतिशत, नेपाल लाइफको ०.४८ प्रतिशत, नेशनल लाइफको ०.३४ प्रतिशत, सलिकोको ०.२७ प्रतिशत र सुर्यज्योति लाइफको ०.१९ प्रतिशतले सेयरभाउ बढेको छ ।  

त्यस्तै, आज सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने बीमा कम्पनीमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.७८ प्रतिशतले घटेर ४८९ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १.६२ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.४२ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.०८ प्रतिशत, सिटिजन लाइफको ०.९८ प्रतिशत, युनाइटेड अजोडको ०.७९ प्रतिशत, सानिमा जिआईसीको ०.५२ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ०.५२ प्रतिशत, शिखरको ०.४१ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२४ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.१२ प्रतिशतले सेयरभाउ बढेको छ ।  

आज दुई पुनर्बीमा कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । हिमालयन रि इन्स्योरेन्सको ६० करोड १६ लाख र नेपाल रि इन्स्योरेन्सको ९ करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.