बिहीबार, श्रावण ७,२०८३ 02:47:29
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 02:47:29
Bizshala
Global IME Bank Limited

एसइईको नतिजा असारको दोस्रो साताभित्र

एसइईको नतिजा असारको दोस्रो साताभित्र
New Office

काठमाण्डौ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी भईरहेको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको हो ।  

गतवर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको बोर्डले यसवर्ष भने १४ दिन अगावै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको छ ।  

कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको बोर्डले जनाएको छ। कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी अन्य काम तीव्र गतिमा भइरहेको छ ।  

उत्तरपुस्तीका परीक्षण र अङ्क अभिलेखको काम सकिएको बोर्डले जनाएको छ ।

अहिलेसम्म ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण सकिएको छ । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिनेछ ।  

गत चैत १५ गतेदेखि सुरु भएको यस वर्षको परीक्षामा नियमिततर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.