Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

नेप्से पुनः २१ सय विन्दुमाथि, जानकार भन्छन्,‘सस्तो सेयर कर्जा र सहज तरलताका कारण बजारमा चमक’

Hyundai Nepal
नेप्से पुनः २१ सय विन्दुमाथि, जानकार भन्छन्,‘सस्तो सेयर कर्जा र सहज तरलताका कारण बजारमा चमक’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.५९ प्रतिशत अर्थात ३३.१५ अंकले बढेर २ हजार ११५.२४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.१३ प्रतिशतले बढेर ३७३.२३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार गोविन्दप्रसाद घिमिरे भन्छन्, ‘बजार धेरै घटिसकेका कारण आज बढेको हो । यद्यपी निरन्तर ५ अर्ब माथिको कारोबार हुनुलाई सकारात्मक रुपमा लिन सकिन्छ । लचक मौद्रिक नीतिको अपेक्षा, फालाफाल तरलता,१० प्रतिशतभन्दा सस्तो ब्याजदरमा सेयर कर्जा र सेयरमा लगानीको सिजन पनि सुरु भएका कारण लगानीकर्ताको मनोबल बढेकाले बजारमा चमक आएको हो ।’

घिमिरेको विचारमा अंकमा तलमाथि भएतापनि मौद्रिक नीतिसम्म बजार चलायमान हुन सक्छ ।  

यस्तै नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालको विचारमा पनि संस्थागत लगानीकर्ता बजार पस्दा र बैंकिङ क्षेत्रमा लगानी बढ्दा आज नेप्से परिसूचकमा बढोत्तरी आएको हो । ‘ब्याजदर घट्दै जाँदा संस्थागत लगानीकर्ता बजार प्रवेश गर्दा सस्ता कम्पनीको सेयरमूल्य बढ्दै गएको देखिन्छ । जसका कारण नेप्सेमा समेत वृद्धि देखिएको छ ।’  

Shivam Cement
Sagarmatha Cement

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छाएको छ । आज हाईड्रो समूहमा सबेभन्दा धेरै वृद्धि देखियो । यो समूह आज २.५८ प्रतिशतले बढ्यो ।  

त्यस्तै आज बैंकिङ समूह १.७३ प्रतिशत, विकास बैंक १.४२, वित्त २.१६,होटल ०.५९,लगानी १.०९,जीवन बीमा २.४०,उत्पादन तथा प्रशोधन ०.४०,लघुवित्त १.०५,म्युचुअल फण्ड ०.५०,निर्जीवन बीमा २.१९,अन्य ०.५३ र व्यापार समूह २.१२ प्रतिशतले बढ्यो ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३६ करोड ३० लाख बढीको सेयर कारोबार भयो ।  

त्यस्तै आज माउन्टेन इनर्जीको २३ करोड १७ लाख,ग्लोबल आइएमई लघुवित्तको १० करोड ८२ लाख,जानकी फाइनान्स १० करोड ६१ लाख र गोर्खाज फाइनान्सको ९ करोड ३१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज वरुण हाईड्रोपावर,ग्रिन भेन्चर,कुथेली बुखरी स्मल हाईड्रो,भगवति हाईड्रो र अपर हेवाखोला हाईड्रोको सेयरमूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लाग्यो ।  

साथै आज एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरमूल्य ९.०८ प्रतिशत मल्टीपर्पस फाइनान्सको सेयरमूल्य ८.०९ र मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ७.५४ प्रतिशतले बढ्यो ।  

आज सामलिङ पावरको सेयरमूल्य सर्वाधिक अर्थात ५.८१ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.