काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएका छ । नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै समूहमा हरियाली छाएको छ ।
बीमा समूहका दुईवटै इन्डेक्स बढेका छन् । जीवन बीमा समूह २.४० प्रतिशत र निर्जीवन बीमा समूह २.१९ प्रतिशतले बृद्धि भएको छ । नेप्सेमा सूचीकृत बीमा कम्पनीहरुमध्ये आज हिमालयन रि इन्स्योरेन्सको मात्रै सेयरभाउ घटेको छ भने बाँकी सबै कम्पनीको सेयरमूल्य बढेको छ । हिमालयन रि को सेयरमूल्य ०.४९ प्रतितशले घटेर ५६९.९० रुपैयाँ कायम भएको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा भने प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४.५६ प्रतिशतले बढेर ८०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४.३५ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ३.२५ प्रतिशत, रिलायबल नेपाल लाइपको ३.१८ प्रतिशत, नेशनल लाइफको ३.१३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ३.०६ प्रतिशत, सिटिजन लाइफको ३.०५ प्रतिशत, नेपाल लाइफको २.९० प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.८४ प्रतिशत, सानिमा रिलायन्स लाइफको २.७६ प्रतिशत, सानिमा जिआइसीको २.६५ प्रतिशत, एलआइसी नेपालको २.५४ प्रतिशत र शिखर इन्स्योरेन्सको २.४५ प्रतिशतले सेयरभाउ बढेको छ ।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २.४५ प्रतिशत, आइएमई लाइफको २.०५ प्रतिशत, सन नेपाल लाइफको १.९६ प्रतिशत, हिमालयन लाइफको १.८५ प्रतिशत, एशियन लाइफको १.७६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.५६ प्रतिशत, युनाइटेड अजोडको १.५५ प्रतिशत, सुर्यज्योति लाइफको १.४७ प्रतिशत, सिद्धार्थ प्रिमियरको १ प्रतिशत, नेको इन्स्योरेन्सको ०.८९ प्रतिशत र आरबीसीएलको ०.७५ प्रतिशतले सेयरभाउ बढेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                