Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

सेयर बजारमा राजनीति छिर्‍यो, एमाले निकट लगानीकर्ताले गठन गरे जनवर्गीय संगठन

Hyundai Nepal
सेयर बजारमा राजनीति छिर्‍यो, एमाले निकट लगानीकर्ताले गठन गरे जनवर्गीय संगठन
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजारप्रति चौतर्फी आकर्षण वृद्धि तथा जनसहभागिता बढेसँगै राजनीतिक दलहरुले समेत यसतर्फ चासो दिन थालेका छन् । यसैको फलस्वरुप सेयर लगानीकर्ताहरुलाई समेटेर पार्टी विशेषको जनवर्गीय संगठनको निर्माणको क्रम समेत सुरु भएको छ ।  

अघिल्लो साता काठमाण्डौमा सत्तारुढ घटक नेकपा एमालेसँग सम्बन्धित पूँजीबजारका लगानीकर्ताहरुको जनवर्गीय संगठन स्थापना भएको छ । सो संगठनको तदर्थ समिति समेत गठन गरिएको छ । 

Shivam Cement
Sagarmatha Cement

तदर्थ समितिको संयोजकमा सेयर ब्रोकर सागर ढकाल चयन भएका छन् । समितिमा राधा पोखरेल र तिलक कोइराला सल्लाहकार रहेका छन् । तदर्थ समितिले विधानअनुसार संगठन दर्ता गर्ने र आउने महाधिवेशनले पारित गरेपछि आधिकारिक संघको रुपमा स्थापित हुनेछ ।  

अहिले पूँजीबजारमा लगानीकर्ताका संघसंगठन च्याउ झै खुलेका छन् । तर कुनै राजनीतिक दल विशेषको जनवर्गीय संगठनको रुपमा स्थापना भएको यो नै पहिलो संगठन हो ।  

तदर्थ समितिका संयोजक ढकालले सेयर बजारमा लगानी गर्ने उद्योगी, व्यवसायी र लगानीकर्ताहरुको यो आधिकारिक संघ हुने दाबी गरेका छन् ।  

हाल पूँजीबजारमा बग्रेल्ती समस्या रहेका र त्यस विषयमा प्रष्ट रुपमा कुरा बुझाउने तथा सेयर बजारको विषयमा पढाउने कुनै निकाय नभएका कारण यो संघको आवश्यकता देखिएको ढकालको दाबी छ ।  

हरेक पार्टीमा विभिन्न पेशागत संगठन छन् । तर पूँजीबजारसँग सम्बन्धित संगठन नभएको कारण हरेक पार्टीबाट बन्ने अर्थमन्त्रीलाई पूँजीबजार विषयमा बुझाउन नसकिएको र आफूहरुले तयार गरेको संगठनले त्यो भूमिका निर्वाह गर्ने उनको भनाई छ ।  

उनले भने–‘हाम्रो जस्तो संघ अब हरेक पार्टीबाट खोलिनु पर्छ । जसले पार्टीका नेताहरुलाई पूँजीबजारको विषयमा पर्याप्त ज्ञान हुनेछ । यसको महत्व, अर्थतन्त्रको विकासमा यो क्षेत्रको भूमिकाको विषयमा तब मात्र नेताहरुलाई ज्ञान प्राप्त हुनेछ । किनकी अब लगानीकर्ताहरुको माग र आवाजलाई सम्बोधन गरिनुपर्छ । त्यसका लागि नीतिगत व्यवस्था हुन आवश्यक छ । यसका लागि राजनीतिक तहको दवाब सिर्जना गरिनुपर्छ ।’  

संयोजक ढकालले यस्ता संघ ‘अखिल नेपाल...... संघ’ भनेजस्तो विधानअन्तगर्तको आधिकारिक संगठनको रुपमा रहने बताए । ‘सबै पार्टीमा पूँजीबजारको विषयमा नेताहरुलाई ज्ञान दिन आबश्यक छ । नेताले बुझेपछि मात्रै मन्त्री भएपछि समस्याको समाधान हुन्छ । व्यवसायी साथीहरुले सिक्नु भएको छ, तर नेताहरुलाई ब्ुझाउन बाँकी छ । पार्टी निकट रहेर विद्यार्थी तथा महिलाका संघ बनेका छन । पार्टीमा पर्यटन विभाग भए जस्तै अब पूँजीबजार विभाग पनि हुनुपर्छ ।’ ढकालले थपे–‘यसले अब पार्टीहरुको डकुमेन्टमा नै पूँजीबजारको विषय उठान गर्न सहयोग गर्नेछ । अब पार्टीको पूँजीबजारसँग सम्बन्धित प्रतिवेदन हुनुपर्नेछ । निजी क्षेत्र, कर्मचारी र सरकार सबै राष्ट्र निर्माण प्रक्रियामा रहेको अबस्थामा यस्तो संघले पूँजीको परिचालनमा मद्दत गर्नेछ ।’  

ढकाल नयाँ स्टक ब्रोकर संघका अध्यक्ष पनि हुन् ।  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.