मंगलवार, असार १७,२०८२ 01:41:09
  • मंगलवार, असार १७,२०८२ 01:41:09
Global IME Bank Limited

चीनमा निजी पेन्सन प्रणालीप्रति आकर्षण बढ्दो, करिब २ वर्षमै ६ करोड मानिसले खोले पेन्सन खाता

Hyundai Nepal
चीनमा निजी पेन्सन प्रणालीप्रति आकर्षण बढ्दो, करिब २ वर्षमै ६ करोड मानिसले खोले पेन्सन खाता
Nabil Bank Limited

काठमाण्डौ । चीनमा निजी पेन्सन प्रणालीप्रति आम सर्वसाधारणको आकर्षण व्यापक वृद्धि भईरहेको छ । चीनको मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयको आँकडाअनुसार करिब २ वर्षको अन्तरालमा चीनमा ६ करोड मानिसले निजी पेन्सन खाता खोलेका छन् ।  

चीनमा सन् २०२२ को नोभेम्बरमा निजी पेन्सन प्रणालीको सुरुवात गरिएको थियो । आँकडाअनुसार निजी पेन्सन प्रणालीमा ३१ देखि ४० वर्ष उमेरका मध्य र उच्च आय वर्गीय समूहको उच्च आकर्षण देखिएको छ । यी वर्गका व्यक्तिहरुले पेन्सन खाता खोल्ने र आफ्नो अवकाशका लागि उपयुक्त योजना छनौट गरी खरिद गरिरहेको चीनको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अहिले चीनमा निजी पेन्सन प्रणालीअन्तर्गत ७६२ वटा विशेष प्रडक्टहरु उपलब्ध छन् । यी मध्ये ४६५ वटा बचतसँग सम्बन्धित प्रडक्ट,१९२ वटा फण्ड प्रडकट,८२ वटा बीमा प्रडक्ट र २३ वपटा सम्पत्ति व्यवस्थापन प्रडक्टहरु छन् ।  

सरकाररले प्रवद्र्धन गरेको यो स्वेच्छाकारी र बजार उन्मुख पेन्सन प्रणाली चीनको बेईजिङ,सांघाई गोन्जाव,छेङदु जस्ता ३६ वटा पाइलट सिटी र क्षेत्रहरुमा लागू गरिएको छ । यो स्किमअन्तर्गत व्यक्तिगत पेन्सन खाताबाट वार्षिक १२ हजार युआन(१६८७ डलर)बराबरको रकम योगदान गर्न सकिने व्यवस्था रहेको छ ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.