काठमाण्डौ । विश्वका अधिकांश देशका सरकारले जनताबाट कर उठाउँछन्। जनताले प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई किसिमले कर तिर्नुपर्छ। देशअनुसार करका दरहरु फरक–फरक रहेका हुन्छन्।
विश्वमा केही यस्ता देश पनि छन्, जहाँका जनताले कुनै पनि प्रकारको कर तिर्नुपर्दैन। त्यतिमात्रै होइन उनीहरुले राष्ट्रबाट पाउने थुप्रै सुविधा निःशुल्क पाउँछन्।
संयुक्त अरब इमिरेट्स (यूएई)
संयुक्त अरब इमिरेट्स (यूएई) संसारको सबैभन्दा धनी देशमध्ये एक हो। पर्यटन र तेलका कारण त्यहाँको अर्थतन्त्र निकै बलियो छ। यो देशमा जनताबाट कर लिइँदैन।
कतार
कतार तेलको क्षेत्रमा पनि निकै बलियो छ। यो धेरै सानो तर धेरै धनी देश हो। यो देशमा पनि जनताले कर तिर्नुपर्दैन।
बहराइन
बहराइनमा सरकारले जनताबाट कुनै पनि प्रकारको कर लिदैन। यो खाडी मुलुकमा सरकारले जनतालाई धेरै किसिमका सुविधा निःशुल्क दिने गरेको छ।
कुवेत
खाडी क्षेत्रमा पर्ने यो तेल निर्यात गर्ने देश निकै धनी छ। कुवेतले पनि आफ्ना नागरिकबाट एक पैसा कर लिँदैन।
ओमान
खाडी राष्ट्र ओमान पनि यो सूचीमा परेको छ। ओमानका नागरिकले आयकर तिर्नुपर्दैन।
बर्मुडा
बर्मुडा एउटा सानो देश हो। यो देशको नियम अलि फरक छ। यद्यपि यो देशमा बस्ने जनताले पनि कर तिर्नुपर्दैन। – एजेन्सी

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                         
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                