बुधबार, कार्तिक ७,२०८१ 08:02:02
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:02:02
IME remit
Global IME Bank Limited

मास्टर कार्डले सन् २०३० सम्म युरोपका सबै कार्डलाई ‘टोकनाइज’ गर्ने,फ्रडको घटनामा उल्लेख्य कमी आउने दाबी

Hyundai Nepal
मास्टर कार्डले सन् २०३० सम्म युरोपका सबै कार्डलाई ‘टोकनाइज’ गर्ने,फ्रडको घटनामा उल्लेख्य कमी आउने दाबी
Nabil Bank Limited

काठमाण्डौ । मास्टरकार्डले सन् २०३० सम्ममा युरोपेली नेटवर्कमा जारी गरेका सबै कार्डलाई टोकनाइज गर्ने घोषणा गरेको छ । यससँगै अहिले कारोबारका लागि प्रयोग हुँदै आएको १६ अंकको कार्ड नम्बरलाई टोकनले विस्थापित गर्नेछ ।    

कम्पनीले सन् २०३० सम्ममा ई–कमर्स इन्ट्रीका लागि म्यानुअल कार्डलाई विस्थापित गर्न बैंक,फिनटेक,मर्चेन्ट र अन्य साझेदारहरुसँग सहकार्य गरिरहेको जनाएको छ । नयाँ व्यवस्थामा सबै अनलाइन प्लेटफर्ममा ‘वान क्लिक बटन’ प्रदान गरिनेछ ।  

‘यसले उपभोक्ता कार्डलाई धोकाधडीविरुद्ध सुरक्षा प्रदान गर्नेछ,’ मास्टर कार्डले उल्लेख गरेको छ ।  

नयाँ व्यवस्थामा प्रयोगकर्ताहरुले भुक्तानी गर्दाखेरी प्रत्येकपटक पासवर्ड हान्नु पर्ने बाध्यताबाट उन्मुक्ति पाउने छन् । मास्टर कार्डले पासवर्डलाई विस्थापित गर्नका लागि ‘पासकिज्’को व्यवस्था गर्न लागेकाले प्रयोगकर्ताले भुक्तानी गर्दाखेरी प्रत्येकपटक पासवर्ड राख्नु पर्ने छैन ।  

यसका साथै यसले चेकआउटका बेला बायोमेट्रिक औथेन्टीकेसन अन्तर्गत थम्पप्रिन्टको प्रयोगबाट ग्राहकले एक क्लिकको सहायताले भुक्तानी गर्न सक्नेछन् । टोकनाइज्डको माध्यमबाट मर्चेन्टको पेज वा विद्युतीय वालेट जहासुकै स्टोर भएता पनि यस्ता कार्ड रिप्लेस वा रिन्यू गर्दा स्वतःअपडेट गर्न सकिनेछन् ।  

मास्टर कार्डले ई–कमर्शमा हुने शतप्रतिशत टोकनाइजेशनले धोकाधडीको दरमा नाटकीय कमी आउने दाबी गरेको छ ।  

मार्केट रिचर्स कम्पनी जुनिपर रिसर्चका अनुसार सन् २०२८ सम्म अनलाइन पेमेन्ट  फ्रडबाट हुने घाटा ९१ बिलियन डलरभन्दा बढी हुनेछ । विश्वभर भने ५ वर्षको अवधिमा यो रकम ३६२ बिलियन डलरभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।  

Bizshala
Shivam Cement
CG Motors

मास्टर कार्डले प्रत्येक वर्ष ५० प्रतिशतका दरले टोकनाइजेशन दर वृद्धि गरिरहेको जनाएको छ । जसले विश्वभरको मास्टर कार्डको नेटवर्कका २५ प्रतिशत ई–कमर्श कारोबारलाई सुरक्षित गरिरहेको कम्पनीले जनाएको छ ।  

भुक्तानीको विगत  

सन् १९५० देखि १९६० को दशकमा पहिलोपटक क्रेडिट कार्डको सुरुवात भएदेखि र सन् २००० को सुरुवाति कालमा इन्टरनेटको व्यापक विस्तार र्भदेनिख विश्वमा भुक्तानी गर्ने तौर तरिकामा व्यापक परिवर्तन आईसकेको छ ।  

क्रेडिट कार्ड प्रचलनमा आएको सुरुवात दिनहरुमा बेंकका कर्मचारीले कार्ड नम्बर जाचँ गर्ने गर्थे वा भुक्तानी गर्ने मानिसको पहिचानका लागि क्रेडिट कार्ड जार्री गर्ने बैंकलाई सम्पर्क गर्ने गर्थे ।  

त्यस्तै क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा  चेक आउट काउन्टरमा जिप–जाप नाम गरेको मेशिनले कार्बन पेपरमा कार्ड नम्बर प्रिन्ट गर्ने गर्थ्यो ।  सन् १९७० देखि १९८० को दशकसम्म म्याग्नेटिक स्ट्राइप र इलेक्ट्रिोनिक टर्मिनल नआउँदासम्म यस्तै गरी क्रेडिट  कार्डबाट भुक्तानी हुँने गर्थ्यो ।  

पछि यसलाई कार्डधारकको जानकारी,नम्बर र एक्सपाइरी मिति भएको माइक्रो चिपयुक्त कार्डले विस्थापित गर्यो ।  -एजेन्सी

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.