बिहीबार, असार ११,२०८३ 08:45:55
Bizshala
  • बिहीबार, असार ११,२०८३ 08:45:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बढ्दो परिसूचक र कारोबारले के गर्दैछ संकेत ? सेयर कर्जा लिएरै भएपनि लगानी गर्न सल्लाह

Laxmi Sunrise Bank Limited
बढ्दो परिसूचक र कारोबारले के गर्दैछ संकेत ? सेयर कर्जा लिएरै भएपनि लगानी गर्न सल्लाह

काठमाण्डौ । जेठ महिना लागेसँगै नेप्सेमा औषत ४ अर्बमाथिको कारोबार हुन थालेको छ । यो साता भने औषत ५ अर्ब माथिको कारोबार  भएको छ । अघिल्लो साताको अन्त्यमा लगातार तीन दिन घटेको बजार यो साता भने आजसहित लगातार तीन दिन बढेको छ ।  

यो तीन दिनमा नेप्से परिसूचकमा करिब ४८ अंकको सुधार आएको छ । पछिल्लो समय लगातार कारोबारमा सुधार आएसँगै के नेप्सेले यसपटक यस अघिको कडा प्रतिरोध २२५० को विन्दुलाई ब्रेक गरेर माथि जान सक्छ त ? अघिल्लोपटकको बढोत्तरी र यसपटकको बढोत्तरीमा के अन्तर छ ? यसै विषयमा आज हामीेले केही ब्रोकहरुको धारणा लिएका छौं ।  

सानिमा सेक्युरिटज् (स्टक ब्रोकर नम्बर ८३) का सीईओ सञ्जिब पौडेलले अघिल्लोपटकको बढोत्तरी र अहिलेको बढोत्तरीमा केही भिन्नता रहेको बताउँछन् । उनी भन्छन्, ‘अघिल्लोपटक बजार ह्वात–ह्वाती बढेको थियो भने कारोबार पनि त्यसै गरी नै बढेको थियो । त्यसबेला एकै पटक ७ अर्बको कारोबार पनि भयो । उनी थप्छन, ‘तर अहिले भने बजारको बढोत्तरी र कारोबारमा एकरुपता आएको छ । त्यसैले अहिलेको बढोत्तरीमा केही आशा गर्न सकिन्छ । अहिले बैंकिङ क्षेत्रमा पनि बढोत्तरी आएको छ । त्यसैले अहिलेको बढोत्तरीले बजारले अघिल्लो पटकको २२ सय ५० को प्रतिरोधलाई ब्रेक गरेर माथि जान सक्छ ।’

New Office
CG Motors
Garima Development Bank

अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९)का सञ्चालक अनन्त राज पौडेलले विस्तारै संस्थागत लगानीकर्ता बजार पसेकाले बजारमा सुधारको आश गर्न सकिने बताउँछन् । ‘तर चर्चा भए जस्तो गरी संस्थागत लगानीकर्ता भने बजार प्रवेश गरे जस्तो भने मलाई लाग्दैन,‘ पौडेलले भने । अहिलेको कारोबार तथा भोल्युम ट्रेडरहरुकै कारण वृद्धि भएको पौडेलले ठोकुवा गरे ।  

नाम उल्लेख नगर्ने सर्तमा एक ब्रोकरले अहिले.केही निष्क्रिय लगानीकर्ताले मौद्रिक नीति सहज आउने अनुमान गर्दै लगानी बढाईरहेको बताए । ‘हाम्रो सम्पर्कमा आएका र सल्लाह÷सुझाव माग्ने लगानीकर्ताहरुलाई राम्रा कम्पनीहरुमा सेयर कर्जा नै लिएर भएपनि लगानी गर्न सल्लाह दिएका छौं, ’ ती ब्रोकरले भने,‘बजारमा विस्तारै माहोल बन्दै छ, अब एकपटक असार मसान्तको केही दबाव त आँउला तर बजार भने यसपटक पहिलेको प्रतिरोध ब्रेक गरेर माथि नै लाग्छ ।’  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.