Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेप्सेमा ८५ करोड कित्ता सेयर अझै डिम्याट हुन बाँकी, अपर तामाकोशीको मात्रै साढे १० करोड

Global IME Bank Limited
नेप्सेमा ८५ करोड कित्ता सेयर अझै डिम्याट हुन बाँकी, अपर तामाकोशीको मात्रै साढे १० करोड
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा अझै ८५ करोड कित्ता सेयर डिम्याट हुँन बाँकी रहेको छ । नेप्सेले सीडीएसीको स्थापना गरेर सन् २०१४ बाट डिम्याट कार्यको सुरुवात गरेको थियो । त्यसता नेप्सेमा १३ अर्ब ५० करोड २९ लाख ३५ हजार ८९१ कित्ता सेयर सूचीकृत भएका छन् भने १२ अर्ब ६५ करोड कित्ता सेयर मात्रै डीम्याट भएका छन् ।  

यस हिसाले अझै पनि सीडीएसीमा ८५ करोड कित्ता सेयर डिम्याट हुन बाँकी रहेको देखिन्छ । सीडीएसीको तथ्यांकअनुसार अपर तामाकोशीको सेयर सबैभन्दा धेरै डिम्याट हुन बाँकी रहेको छ । अपर तामाकोशीको चुक्तापूँजीको ५० प्रतिशत अर्थात साढे १० करोड सेयर डिम्याट हुन बाँकी रहेको छ ।  

Shivam Cement
Sagarmatha Cement

हाल अपर तामाकोशीको चुक्तापूँजी २१ अर्बबराबर रहेको छ । त्यस्तै डिम्याट हुन बाँकी कम्पनीको सूचीमा साञ्जेन जलविद्युत कम्पनी दोस्रो स्थानमा रहेको छ । यो कम्पनीको पनि चुक्तापूँजीको ६० प्रतिशत भन्दा बढी सेयर डिम्याट हुन बाँकी रहेको छ । यो कम्पनीको चुक्तापूँजी ३ करोड ६५ लाख रहेकोमा करिब १ करोड ८० लाख कित्ता सेयर डिम्याट हुन बाँकी रहेको छ ।  

वाणिज्य बैंकहरुमा भने नेपाल बैंकको सर्वाधिक सेयर डिम्याट हुन बाँकी रहेको छ । विदेशी साझेदार भएका बैंकहरुमध्ये भने नेपाल एसबिआई बैंकको सबैभन्दा धेरै संस्थापक सेयर डिम्याट हुन बाँकी छ ।  

हाल सीडीएसीमा  डीपीको संख्या १०९ पुगेको छ भने डिम्याटहोल्डरको संख्या करिब ६३ लाख पुगेको छ । त्यसैगरि, मेरो सेयरको संख्या करिब ३६ लाख पुगेको छ । दोस्रो बजारमा टीएमएस अर्थात ट्रेड म्यानेजमेन्ट सिस्टम लिएर सक्रिय रुपमा कारोबार गर्नेको संख्या भने २२ लाख रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.