बुधबार, असार ३२,२०८२ 01:41:05
  • बुधबार, असार ३२,२०८२ 01:41:05
Global IME Bank Limited

मौद्रिक नीतिका लागि लगानीकर्ताबाट यस्ता सुझाव पेश, राष्ट्र बैंक भन्छ,‘ पूँजी र मुद्रा बजारलाई सन्तुलित गर्ने नीति आउँछ’

Hyundai Nepal
मौद्रिक नीतिका लागि लगानीकर्ताबाट यस्ता सुझाव पेश, राष्ट्र बैंक भन्छ,‘ पूँजी र मुद्रा बजारलाई सन्तुलित गर्ने नीति आउँछ’
Shivam Cement

काठमाण्डौ । नेपाल पूँजीबजार लगानीकर्ता संघले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि सुझाव पेश गरेको छ । नेपाल राष्ट्र बैंकको आह्वानमा संघले पूँजी बजारका विभिन्न विषय समेटर सुझाव पेश गरेको हो ।  

आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा जुटिसकेको राष्ट्र बैंकले गत साता सरोकारवालहरुसँग सुझाव माग गरेको थियो । मौद्रिक नीतिमा समेट्नका लागि नेपाल पूँजीबजार लगानीकर्ता संघका तर्फबाट पनि ५ बुँदे सझाव पेश भएको सघंकी अध्यक्ष राधा पोखरेलले बताएकी छन् ।

संघले राष्ट्र बैंकलाई पेश गरेको सुझावहरुमा, हाल सेयर बजारमा लगाइएको क्याप हटाउनु पर्ने ,भारित औषत जोखिमभारलाई १२५ प्रतिशतबाट १०० मा झारिनु पर्ने , बैंक तथा वित्तिय संस्थालाई दोस्रो बजारमा सहज रुपमा कारोबार गर्ने व्यवस्था गर्नुपर्ने , सेयर धितोकर्जा ८० प्रतिशतसम्म पुर्याउनुपर्ने तथा सेयर कर्जामा लगाइएको हालको चर्को ब्याज घटाउनु पर्ने जस्ता माग रहेका छन् ।  

यस्तै सुझावमा अघिल्लो मौद्रिक नीतिले बजारको विकासको लागि अपेक्षित सम्बोधन गर्न नसकेको र उद्यमी व्यवसायीको मनोबल उकास्न नसकेको भन्दै राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याउनुको विकल्प नरहेको उल्लेख गरिएको छ ।  

Muktinath Bikas Bank Limited

राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा.भागवत आचार्यले यस वर्ष पनि गत वर्षजस्तै समयमा नै मौद्रिक नीति आउने बताउँछन्  । आचार्य भन्छन् ‘सामान्यतया आर्थिक वर्ष सकिएपछि मौद्रिक नीति आउने हो । हामीले विभिन्न सरोकारवालाहरुबाट प्राप्त सुझावहरुकलाई एकीकृत गर्ने कार्य गर्दै छौं । आम सर्वसाधारणबाट पनि सुझाब आउने क्रम जारी छ । राष्ट्र बैंकले मुद्रा बजार र पूँजीबजार दुबैलाई सन्तुलित गर्ने गरि नीति ल्याउँछ । हाम्रो प्रयास साउनको पहिलो साता मौद्रिक नीति ल्याउने हो ।’  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.