Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

बझाङ्गको चैनपुरमा प्रभु बैंकको ३०४औ शाखा सञ्चालनमा

Global IME Bank Limited
बझाङ्गको चैनपुरमा प्रभु बैंकको ३०४औ शाखा सञ्चालनमा
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बझाङमा शाखा विस्तार गरेको छ । बैंकले जेठ ३२ गतेदेखि जयपृथ्वी नगरपालिका,वडा नं.१० बझाङस्थित चैनपुरमा आफ्नो ३०४ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो ।

प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको जनाएको छ । प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले उल्लेख गरेको छ ।

Shivam Cement
Sagarmatha Cement

बैंकको चैनपुर शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले नेपालभर रहेका ३०४ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.