आईतवार, श्रावण ३,२०८३ 12:50:25
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 12:50:25
Bizshala
Global IME Bank Limited

बजेट पास नगर्नेसम्मको धम्कीपछि सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया थप पेचिलो, अर्को सातासम्म टुङ्ग्याउने ‘सरकारी कसरत’

बजेट पास नगर्नेसम्मको धम्कीपछि सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया थप पेचिलो, अर्को सातासम्म टुङ्ग्याउने ‘सरकारी कसरत’
New Office

-अर्जुन तिमिल्सिना

 

काठमाण्डौ । चौतर्फी दवाब परेपछि लामो समयदेखि अड्किएको नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्षको नियुक्ति प्रक्रिया सम्भवतः आगामी साताभित्र टुङ्गिनेछ ।  

सरकारले आगामी साता धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने गरी आवश्यक तयारी अगाडि बढाएको हो ।  

बिश्वस्त स्रोतकाअनुसार आगामी साताको सुरुवातमै सर्टलिष्टमा परेका पाँचजनालाई नै कार्ययोजना प्रस्तुतीकरणका लागि बोलाइनेछ ।  

सर्टलिष्टमा परेकामध्ये एक अध्यक्षका दाबेदारले भने–‘हामीलाई कार्ययोजना प्रस्तुतिका लागि तयारी अवस्थामा रहन भनिएको छ ।’ 

पछिल्लो समय पूँजीबजारमा धितोपत्र बोर्डको अध्यक्षको पद निकै पेचिलो बनेको छ ।  यसको मुख्य कारण भनेको नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स नै हो । नयाँ स्टक एक्सचेञ्ज हात पार्न सके अर्बौको ब्यापार हात पार्न सकिने व्यापारिक स्वार्थ समूहको चाहना छ । सोही समूहले शक्तिकेन्द्रहरुलाई रिझाउन धितोपत्र बोर्डको अध्यक्षका लागि आ–आफ्ना उम्मेद्वार बोकेर ५० करोडसम्म खर्च गर्ने गरी चलखेल सुरु गरेका छन् । यी सबै चलखेल र राजनीतिक तानातानका बीच अलमलमा परेको बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया अब भने चाँडै निश्कर्षमा पुग्ने अर्थमन्त्रालयस्थित स्रोतले दाबी गरेको छ ।  

स्रोतका अनुसार पछिल्लोपटक गठबन्धन सरकारको प्रमुख राजनीतिक घटक नेकपा एमालेका अध्यक्ष केपी ओलीले धितोपत्र बोर्डको अध्यक्षको पदका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई निरन्तर दवाब दिइरहेका छन् । कुनै समय धितोत्र बोर्ड भनेको के हो ? भन्नेसम्मको राम्रो ज्ञान नभएका ओलीले ब्यापारिक स्वार्थ समूहले लविङ गरेपछि आफूहरुलाई धितोपत्र बोर्डको अध्यक्ष चाहिने भन्दै बजेटमा नै अड्को थापेका छन् । स्रोत भन्छ–‘राष्ट्रिय बाणिज्य बैंक तथा  राष्ट्रिय बीमा संस्थान जस्ता ठाउँमा माओबादीले भाग पाएपछि अब धितोपत्र बोर्डका अध्यक्ष एमालेले पाउनुपर्छ भन्ने उहाँको निरन्तर दवाब छ । आफ्नो चाहनाभन्दा फरक मान्छेलाई धितोपत्र बोर्डको अध्यक्ष बनाए बजेट नै पास हुन नदिनेसम्मको अड्को थापिएको छ।’  

एमाले निकटहरुले दीपक भट्टको लबिङमा सन्तोषनारायण श्रेष्ठ पठाउन चाहेको छ । दीपक भट्ट सुशिल भट्टका सहोदर भाई हुन् । हाल माओबादीका तर्फबाट अर्थमन्त्री भएको कारण सर्टलिष्टमा उनीनिकट नै धेरै उमेदवार पारिएको छ ।  

सिफारिस समितिले आवेदन दिएका १९ जनामध्ये ५ जनाको नाम गत चैत २५ गते सर्टलिस्ट गरेको थियो। सर्टलिस्टमा पर्नेहरुमा धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय डा.  नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का सीईओ कृष्णबहादुर कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोषनारायण श्रेष्ठ छन्।

गत पुस २० गते रमेशकुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्डमा अध्यक्षको पद रिक्त छ। हाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव नरेन्द्रकुमार रानाले सम्हालिरहेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.