Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

यही साताभित्रै रिलायबल लाइफको सेयर कारोबारमा आउन सक्ने, कति होला ओपनिङ रेन्ज ?

Hyundai Nepal
यही साताभित्रै रिलायबल लाइफको सेयर कारोबारमा आउन सक्ने, कति होला ओपनिङ रेन्ज ?
Nabil Bank Limited

काठमाण्डौ । भर्खरै सर्वसाधारणलाई आईपीओ बिक्री गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयर दोस्रो बजारमा यही साताभित्रै कारोबार आउने सक्ने सम्भावना रहेको छ। 

रिलायबल नेपाल लाइफले गत साउन २३ गतेदेखि साउन २६ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। गत साउन ३१ गते यो आईपीओ बाँडफाँड गरिएको थियो। कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सर्वसाधारणलाई बिक्री गरेको थियो।

मागभन्दा बढी आवेदन परेकोले यो कम्पनीको आईपीओ पनि गोलाप्रथा माध्यमबाट न्यूनतम १० कित्ताका दरले बाँडफाँड गरिएको थियो। जसअनुसार योग्य आवेदकमध्ये ९ लाख ६० हजारजनाले १० कित्ताका दरले सेयर पाएका छन्। 

नेप्सेका एक अधिकारीका अनुसार रिलायबल नेपाल लाइफको आईपीओ अब १–२ दिनमै नेप्सेमा सूचीकृत हुन सक्छ। ‘अहिले फाइल अध्ययन गर्ने काम भइरहेको छ’, ती अधिकारीले भने, ‘सम्भवतः यही साताभित्रै नेप्सेमा रिलायबल नेपाल लाइफको सेयर सूचीकृत भई कारोबारमा आउन सक्छ।’

कम्पनीको आईपीओले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १६२.२९ रुपैयाँदेखि अधिकतममा ४८६.८७ रुपैयाँसम्म ओपनिङ रेन्ज पाउने देखिएको छ। नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम मूल्य कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थबराबर र अधिकतममा सोको तेब्बरसम्म ओपनिङ रेन्ज तोक्ने गर्दछ। 

कम्पनीको आर्थिक वर्ष २०७८–७९ को वास्तविक प्रतिसेयर नेटवर्थ १६२.२९ पैसा रहेको छ। सोही आधारमा उक्त रेन्ज पाउने देखिएको हो। 

Shivam Cement
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.