बुधबार, कार्तिक ७,२०८१ 08:02:08
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:02:08
IME remit
Global IME Bank Limited

अमेरिकाको तेस्रो ठूलो बैंकले निकाल्यो १ दर्जन बढी कामचोर कर्मचारी, यस्तो छ कारण

Hyundai Nepal
अमेरिकाको तेस्रो ठूलो बैंकले निकाल्यो १ दर्जन बढी कामचोर कर्मचारी, यस्तो छ कारण
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकाको तेस्रो ठूलो बैंकले एक दर्जन बढी कामचोर कर्मचारीलाई पदमुक्त गरेको छ । वेल्स फार्गो नामक बैंकले सम्पत्ति तथा लगानी व्यवस्थापन विभागमा काम गर्ने एक दर्जन बढी कर्मचारीलाई काम ठगेको आरोपमा बैंकबाट निकालेको हो ।  

ब्लूमबर्गको रिपोर्टका अनुसार ती कर्मचारीहरुलाई सक्रिय रुपमा काम गरेको देखाउन किबोर्ड क्रियाकलापमा छेडखानी गरेको आरोपमा बैंकबाट निष्कासशित गरिएको हो ।  

कर्मचारीहरु माथि लागेको आरोपको अनुसन्धानको क्रममा उनीहरुले कामलाई नक्कल गर्न ‘माउस मुभर्स’ वा ‘माउस जिगलर्स’नामक सफ्टवेयर प्रयोग गरेको पाइएको थियो । रिपोर्टका अनुसार यस्ता ग्याजेट्सहरु अमेजन डट कममा २० डलरभन्दा कम मूल्य पाइन्छन् ।  

Bizshala
Shivam Cement
CG Motors

‘वेल्स फार्गोले कर्मचारीहरुको उच्च स्तरको मापदण्ड सेट गरेको छ र बैंकलाई कुनै पनि प्रकारको अनैतिक व्यवहार सह्य छैन ,’बैंकका प्रवक्ता विज्ञप्तीमा भनेका छन् ।  

कोरोना महामारीको अन्त्यपछि अमेरिकी बैंक तथा वित्तीय संस्थाहरुले आक्रामक रुपमा आफ्ना कर्मचारीहरुलाई पुनःकार्यालयबाटै काम गर्न आउन निर्देशन दिएका थिए । तर वेल्स फार्गो बैंकले भने आफ्ना प्रतिस्पर्धी बैंकहरु,जेपीमोर्गन चेस एण्ड कम्पनी र गोल्डम्यान स्याक्स ग्रुप इंक भन्दा निकै ढिलो गरी कर्मचारीलाई पुनः कार्यालयबाटै काम गर्न निर्देशन दिएको थियो ।  

बैंकले सन् २०२२ देखि कर्मचारीहरुलाई ‘हाईब्रिड फ्लेक्जिबल मोडल’ नामक लचिलो नीति ल्याएको थियो । बैंकले केहि कर्मचारीका लागि साताको ३ दिन अनिवार्य रुपमा कार्यालयमा आएर काम गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै बैंकले व्यवस्थापन समितिका सदस्यलाई ४ दिन र शाखा कार्यालयका कर्मचारीलाई ५ दिन कार्यालय आएर काम गर्नुपर्ने व्यवस्था गरेको छ । –एजेन्सी  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit

यो पनि हेर्नुहोस

Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.