बुधबार, कार्तिक ७,२०८१ 08:02:09
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:02:09
IME remit
Global IME Bank Limited

आन्दोलनरत पेट्रोलियम ढुवानी चालकहरुसँग जुट्यो सहमति, पेट्रोलियम पदार्थको आपूर्ति आजैदेखि

Hyundai Nepal
आन्दोलनरत पेट्रोलियम ढुवानी चालकहरुसँग जुट्यो सहमति, पेट्रोलियम पदार्थको आपूर्ति आजैदेखि
Nabil Bank Limited

काठमाण्डौ । आन्दोलनरत पेट्रोलियम ढुवानी चालकहरु र सरकारबीच सहमति जुटेको छ । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आन्दोलनरत पेट्रोलियम ढुवानी चालकहरूसँग भएको वार्तामा सहमति जुटेको हो ।  

सहमति जुटेसँगै आजैदेखि पेट्रोलिमय पदार्थको आपूर्ति सहज हुने भएको छ । वार्तामा नेपाल आयल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिन भित्र मजदुरका माग सम्बोधन गर्ने र आजैदेखि पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्ने सहमिति जुटेको छ । छलफलमा मन्त्रालयका सह–सचिव, निगमका कार्यकारी निर्देशक डा।चण्डिका प्रसाद भट्ट लगायत अन्य प्रतिनिधि र चालकहरू सहभागी थिए ।  

७ बुँदे माग राख्दै ट्यांकर चालकहरू शनिबारदेखि  आन्दोलनमा उत्रिएका थिए । 

Bizshala
Shivam Cement
CG Motors

ट्यांकर चालकहरुले सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनुपर्ने,चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्था गरिनुपर्ने,चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सतर्कतासम्बन्धी तालिमको व्यवस्था गरिनुपर्ने,श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने,स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गरिनुपर्ने जस्ता ७ बुँदे माग राखेका थिए ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.