बुधबार, कार्तिक ७,२०८१ 08:02:09
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:02:09
IME remit
Global IME Bank Limited

गभर्नर अधिकारी ४५ औं सार्क फाइनान्स मिटिङमा सहभागी

Hyundai Nepal
गभर्नर अधिकारी ४५ औं सार्क फाइनान्स मिटिङमा सहभागी
Nabil Bank Limited

काठमाण्डौ । गभर्नर महाप्रसाद अधिकारी जेठ ३१ र ३२ गते श्रीलङ्काको केन्द्रीय बैंकद्वारा राजधानी कोलम्बोमा आयोजित 45 th SAARCFINANCE Governors’ Meeting and Symposium मा सहभागी भएका छन् । उक्त बैठकमा दक्षिण एसिया क्षेत्रका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर, अर्थ मन्त्रालयका अधिकारी र अन्य प्रतिनिधिको उपस्थिति थियो ।

कार्यक्रमको पहिलो दिनSAARCFINANCE Governors’ Symposium अन्तर्गत "Central Banking amid Multi-faceted Global Economic Challenges"विषयमा केन्द्रित सेमिनार अयोजना भयो । श्रीलङ्काका राष्ट्रपति एवम् अर्थमन्त्री रनिल विक्रमासिङ्घेले सेमिनारमा उद्घाटन मन्तव्य राखेका थिए । 

Bizshala
Shivam Cement
CG Motors

सो अवसरमा उनले विगत केही वर्षदेखि सङ्कटग्रस्त श्रीलङ्काको अर्थतन्त्र हाल सुधारोन्मुख रहेको जनाउँदै समष्टिगत आर्थिक स्थायित्वका लागि विभिन्न नीतिगत व्यवस्थाका साथै मौद्रिक तथा सरकारी वित्तसँग सम्बन्धित कानुनी सुधारमा आफूहरु केन्द्रित रहेको बताए । साथै, उनले समसामयिक आर्थिक चुनौतीको सामना गर्न क्षेत्रीय सहकार्यको आवश्यकता औँल्याए । सोही दिन सहभागीहरूबीच सार्क क्षेत्रको अर्थतन्त्रको अवस्था तथा चुनौती, मौद्रिक नीतिका विभिन्न आयाम र अन्य समसामयिक आर्थिक विषयमा प्यानल छलफल भएको थियो ।

यसअन्तर्गत पहिलो सत्रमा आयोजित "Challenges and Opportunities of Evolving Global Economic Dynamics to SAARC Countries: Sharing Experience"  विषयक प्यानल छलफलमा गभर्नर अधिकारी प्यानलिस्टको भूमिकामा सहभागी भए । सो अवसरमा उनले विश्व अर्थतन्त्रको गतिशीलता र परिवर्तनबाट सार्क क्षेत्रमा देखिएको अवसर तथा चुनौतीका बारेमा आफ्नो धारणा राखे । 

साथै, नेपालको समग्र आर्थिक तथा वित्तीय परिसूचकको सन्दर्भ जोड्दै गभर्नर अधिकारीले अर्थतन्त्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्न नेपालले अवलम्बन गरेका नीतिगत प्रयासबारे चर्चा गरे। दिगो विकासका लागि समष्टिगत आर्थिक स्थायित्वमा सम्झौता नगरी मौद्रिक तथा वित्त नीतिबीच आवश्यक समन्वय हुनुपर्नेमा उनले जोड दिए ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.