बुधबार, असार १०,२०८३ 11:20:41
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:20:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मुद्दती निक्षेपमा राखेको पैसा निकाल्दा कस्ता कुरामा दिने ध्यान, यसरी हुन्छ ब्याजदर निर्धारण

Laxmi Sunrise Bank Limited
मुद्दती निक्षेपमा राखेको पैसा निकाल्दा कस्ता कुरामा दिने ध्यान, यसरी हुन्छ ब्याजदर निर्धारण

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले केहि निश्चित समयका लागि बचतकर्ताको पैसा जम्मा गर्नका लागि मुद्दती निक्षेप खाताको व्यवस्था गरेका हुन्छन् । यस्तो खातामा पैसा बचत गरेबापत बैंक तथा वित्तीय संस्थाले चालु र बचत खाताको तुलनामा बढी ब्याज दिने गर्छन् । मुद्दती निक्षेप खातामा राखिएको पैसा समय अगावै निकाल्नु पर्यो भने बचतकर्ताले निकालेको पैसामा बैंकलाई ब्याज तिर्नु पर्ने हुन्छ ।  

मुद्दती खातामा रकम जम्मा गरेका ग्राहकलाई मुद्दती निक्षेपको अवधि अगावै रकमको आवश्यकता परेमा सोही मुद्दती निक्षेपको धितोमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रदान गर्न सक्ने व्यवस्था रहेको हो।

New Office
CG Motors
Garima Development Bank

यस्तो कर्जामा लाग्ने ब्याजदर मुद्दती निक्षेपमा प्रदान गरिएको ब्याजदरमा के–कति प्रतिशत विन्दुले थप गरी तय गरिने हो वा आधार दरका आधारमा तय गर्ने हो भने के कति प्रिमियम थप गरी तय गरिने हो, सो सम्बन्धमा सम्बन्धित ग्राहकलाई मुद्दती निक्षेप खाता खोल्दाकै बखत जानकारी दिई निजको लिखित सहमति लिनुपर्ने व्यवस्था रहेको छ ।  

ग्राहकले सहमति जनाएको भन्दा फरक ढंगले त्यस्तो कर्जाको ब्याजदर कायम गर्न पाइदैन। साथै, बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा प्रवाह गर्दा कुनै पनि किसिमको अन्य शुल्क लिन नपाउने व्यवस्था रहेको छ।

त्यसैले कर्जाको ब्याजदर कसरी निर्धारण भएको छ बुझेर मात्र कर्जा कारोबार गर्नु उपयुक्त हुन्छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.