आईतवार, भाद्र २८,२०८३ 09:16:29
Bizshala
  • आईतवार, भाद्र २८,२०८३ 09:16:29
Bizshala
Global IME Bank Limited

लामो समयसम्म एसीमा बस्दा देखिन सक्छन् यस्ता स्वास्थ्य समस्या

लामो समयसम्म एसीमा बस्दा देखिन सक्छन् यस्ता स्वास्थ्य समस्या
New Office

काठमाण्डौ । बढ्दो गर्मीका कारण आजभोली एयर कन्डिशनर(एसी)को प्रयोग सामान्य बनेको छ । अहिले घर होस् वा अफिसमा एसी लगाउनु आवश्यकता भईसकेको छ । तर केहि व्यक्तिहरुलाई भने पुरै दिन वा लामो समयसम्म एसीमा बस्ने बानी बसेको हुन्छ । यस्ता व्यक्तिहरुलाई थोरै समयका लागि पनि गर्मीको सामना गर्न सक्दैनन् ।  

पक्कै पनि एसीले गर्मीबाट राहात प्रदान गर्छ नै । तर लामो समयसम्म एसी मै बस्दा भने यसले स्वास्थ्यसँग सम्बन्धित समस्याहरु समेत निम्त्याउन सक्छ । एसीको हावामा लामो समयसम्म रहँदा वा कम आद्र्रता भएको. वातावरणमा रहँदा छाला सुक्खा हुन थाल्छ । यस्तोमा टाउको दुख्ने र स्वासप्रस्वास सम्बन्धी समस्या पनि देखिन सक्छ ।  

एसीमा लामो समयसम्म बस्दा कस्ता स्वास्थ्य सम्स्या देखा पर्न सक्छन् त ?

सुख्खा छाला  

एसीमा धेरै लामो समय बस्दा यसले छालालाई सुख्खा बनाइदिन्छ । जसका कारण छाला चिलाउने समस्या समस्या देखिन सक्छ । यसले छाला बिग्रन पनि सक्छ । यसका साथै यसले आखालाई समेत सुख्खा बनाइदिन्छ । यसबाट बच्नका लागि अधिक पानी पिउनुका साथै मोइस्चराइजेशनको प्रयोग गर्नु पर्छ ।  

थकान महशुस

लामो समयसम्म एसीमा बस्दा थकान महशुस हुन्छ । एसीमा आद्र्रता एकदमै कम हुने भएकाले यसले शरीरमा पानीको मात्रा कम हुन जान्छ । जसका कारण थकान महशुस हुन्छ । एसीको चिसो हावाका कारण रगत जम्ने प्रवृति बढ्न सक्छ । जसका कारण धमनीहरुमा रुकावट आउन सक्छ । एसीमा ताजा हावाको कमीका कारण अक्सिजनको कमी हुन्छ । जसले शरीरलाई कमजोर र थकित महशुस गराउछ ।  

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

टाउको दुखाई

धेरै समय एसीमा बस्नेलाई टाउको दुख्ने समस्या पनि देखिन्छ । कहिलेकाही त रुघाखोकी समेत लाग्न सक्छ ।  

स्वासप्रस्वासको समस्या

लामो समयसम्म एसीमा बस्दा स्वासप्रस्वासको समस्या पनि देखिन सक्छ । नाक बन्द ह्ुने,घाटीमा समस्या र राइनाटीस आदि  हुन सक्छ । एसीको हावा धेरै सुख्खा र चिसो हुने भएकाले यो नाक तथा घाटीका लागि हानिकारक हुन सक्छ ।  

‘सिक बिल्डिङ सिन्ड्रोम’को लक्ष्यण  

सिक बिल्डिङ सिन्ड्रोमको कयौं लक्ष्यणहरु हुन सक्छन् । जसलाई पहिचान गर्न एकदमै आवश्यक हुन्छ । अचानक टाउको दुख्नु,सुख्खा खोकी,चक्कर लाग्नु, उल्टी हुनु वा ध्यान केन्द्रित गर्न समस्या आईरहेको छ भने यो सिक बिल्डिङ सिन्ड्रोमको लक्ष्यण हुन सक्छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.