शनिबार, बैशाख १३,२०८२ 04:38:19
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 04:38:19
IME remit
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्,‘करको विषयले घट्यो बजार’

Hyundai Nepal
नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्,‘करको विषयले घट्यो बजार’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.८९ प्रतिशत अर्थात १८.७६ अंकले घटेर २०७६.४९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ प्रतिशतले घटेर ३६७.२० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा कम्पनीको ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजय सिंह थापा(जयशम्भु) भन्छन्, ‘केहि सञ्चार माध्यममा आएको करको विषयले लगानीकर्ता अन्यौलतामा रहँदा आज बजार घट्न पुगेको हो । अर्को भनेको असारको दबावका कारण पनि बजार घटेको हुनसक्छ । प्राविधिक रुपमा पनि बजारमा एउटा करेक्सन बाँकी नै थियो । जसले गर्दा बजार २०५० देखि २०३० सम्म स्वभाविक करेक्सन मान्न सकिन्छ ।’

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालको विचारमा पनि केहि मिडियामा ३९ प्रतिशतसम्म कर लगाउने मिथ्या समाचार प्रकाशित भएपछि आज बजार घट्न पुगेको हो । ‘करको विषय अहिले उठाउनु बेमौसमी बाजा हो । अब करको दर हेरफेर हुने कुनै पनि सम्भावना छैन । असारको दबावले पनि बजारमा केहि करेक्सन आएको हुन सक्छ ।’ उनले भने ।  

ब्याज घटेको र तरलता बढेको अवस्थामा धेरै नघट्ने लम्साल बताउँछन् ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतिएको छ । आज बैंकिङ समूहमा सबैभन्दा धेरै अर्थात १.१६ प्रतिशतको गिरावट आयो ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

त्यस्तै आज विकास बैंक समूह ०.८७ प्रतिशत,वित्त १.०४,होटल ०.७२,हाईड्रो ०.८७,लगानी ०.८२,जीवन बीमा ०.९८,उत्पादन तथा प्रशोधन ०.५२,लघुवित्त ०.६४,म्युचुअल फण्ड ०.७२,निर्जीवन ०.८३,अन्य ०.७७ र व्यापार समूह ०.६३ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन वरुण हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ११ करोड २७ लाख बढीको सेयर कारोबार  भयो । साथै आज सिईडिबि हाईड्रोको ११ करोड १३ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको १० करोड ३७ लाख,ग्लोबल आइएमई लघुवित्तको ९ करोड ४१ लाख र माण्डु हाईड्रको ९ करोड २२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज समाज लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्दै मा सकारात्मक सर्किट लाग्यो । माण्डू हाईड्रोको सेयरमूल्य ७.८३ प्रतिशतले बढेको आज विन नेपाल लघुवित्तको ६.२० र दिव्यश्वरी हाईड्रोको सेयरमूल्य ४.८६ प्रतिशतले बढ्यो ।  

आज मनकामना स्मार्ट लघुवित्त र कुथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । आज यी दुवै कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लाग्यो ।  

साथै आज बाराही हाईड्रोको सेयरमूल्य ६.०१ प्रतिशत,भगवति हाईड्रोको सेयरमूल्य ४.७१ र मेन्छीयाम हाईड्रोको सेयरमूल्य ४.०९ प्रतिशतले घट्यो ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.