काठमाण्डौ । साताको तेस्रो कारोबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका सबै उपसूचक आज राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.९८ प्रतिशत र निर्जीवन बीमा समूह ०.८३ प्रतिशतले घटेको छ । बीमा समूह घटेपनि आज ३ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा सिटिजन लाइफ रहेको छ ।
कम्पनीको सेयरभाउ ०.४१ प्रतिशतले बढेर ४८५ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रभु इन्स्योरेन्सको ०.२७ प्रतिशतले बढेर ७७३.९० रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको सेयरभाउ ०.१४ प्रतिशतले बढेर ५०३ रुपैयाँ पुगेको छ । आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा भने नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ३.३४ प्रतिशतले घटेर ६०८ रुपैयाँ कायम भएको छ ।
यसका साथै सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.६० प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.५३ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.३४ प्रतिशत, सुर्यज्योति लाइफको १.१९ प्रतिशत, सानिमा जिआइसीको १.१३ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.१३ प्रतिशत, हिमालयन एभरेष्टको १.०४ प्रतिशत, नेको इन्स्योरेन्सको १ प्रतिशत, नेशनल इन्स्योरेन्सको ०.८८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.८३ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.७८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.७० प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.६८ प्रतिशत, सन नेपाल लाइफको ०.६१ प्रतिशत, एशियन लाइफको ०.५४ प्रतिशत, युनाइटेड अजोडको ०.५३ प्रतिशत, हिमालयन लाइफको ०.५२ प्रतिशत, एलआइसी नेपालको ०.४४ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.३५ प्रतिशत, आरबीसीएलको ०.३० प्रतिशत र आइएमई लाइफको ०.२३ प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                