Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

अपर तामाकोशीको लिलामीमा नपरेकाको ब्याजसहित पैसा फिर्ताको माग,अनलाइन अक्सन मार्केटको व्यवस्था गर्न आग्रह

Global IME Bank Limited
अपर तामाकोशीको लिलामीमा नपरेकाको ब्याजसहित पैसा फिर्ताको माग,अनलाइन अक्सन मार्केटको व्यवस्था गर्न आग्रह
Nabil Bank Limited

काठमाण्डौ । नेपाल सेयरधनी संघले अपर तामाकोशी हाइड्रोपावरको लिलामीमा सेयर नपाएका लगानीकर्ताको पैसा फिर्ताको माग गरेको छ । संघले एक विज्ञप्ती जारी गर्दै लिलामीमार्फत बिक्री गरिएको सर्वसाधारण समूहको अवितरित हकप्रद सेयरको लिलामीमा सेयर नपाएका लगानीकर्ताको पैसा फिर्ताको माग गरेको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अपर तामाकोशी हाइड्रोपावरले गत पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख ११ हजार ५३० कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो ।  सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको उक्त बोलपत्र गत माघ ५ गते  खोलिएको थियो ।  

‘उक्त टेन्डरमा नपरेका  लगानीकर्ताहरूको पैसा अहिलेसम्म फिर्ता नभएको भन्ने व्यापक गुनासो आइरहेकोले व्याज सहित तत्काल पैसा फिर्ता गर्ने व्यवस्थाको लागि जोडदार माग गर्दछौं।’ सेयरधनी संघद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

यसका साथै ,संघले नेपाल धितोपत्र बोर्डलाई अनलाइन मार्फत अक्सन मार्केटको आवश्यक प्रबन्ध मिलाउन समेत माग गरेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.