बुधबार, कार्तिक ७,२०८१ 08:02:13
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:02:13
IME remit
Global IME Bank Limited

नेप्सेमा झिनो अंकको सुधार, ‘सेक्टर रोटेसन हुँदै चलेको बजारमा फाइनान्स समूह चम्कियो’

Hyundai Nepal
नेप्सेमा झिनो अंकको सुधार, ‘सेक्टर रोटेसन हुँदै चलेको बजारमा फाइनान्स समूह चम्कियो’
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.१५ प्रतिशत अर्थात ३.२१ अंकले बढेर २०६६.१६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१० प्रतिशतले बढेर ३६४.८१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा कम्पनीको १ करोड ७ लाख ७ हजार ८७८ कित्ता सेयर ५ अर्ब ७ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘अहिले बजार सेक्टर रोटेशन हुँदै चलेको छ । फाइनान्समा पनि केहि ठूला पूँजी भएका कम्पनीहरु चल्न थालेका छन् । यहि कारणले बजारमा कारोबार बढ्न पुगेको छ । तर बजारमा दीर्घकालिन सुधार हुन भने नीतिगत सुधार नै हुनुपर्ने आवश्यक छ ।’

प्राविधिक रुपमा पनि अहिलेको बजार २०६० मा टिकेको र यदि  बजार २१ सयभन्दा माथि गएमा बजारले अप ट्रेण्ड लिन सक्ने पौडेल बताउँछन् । उनका अनुसार बजारमा नयाँ लगानीकर्ता छिरेपछि मात्रै बजारले गति लिने देखिन्छ ।  

अर्का बजार जानकार प्रेम ओलीको विचारमा पनि लगानीकर्ता यतिबेला राष्ट्र बैंकको मौद्रिक नीतिको पर्खाइमा छन् । ‘सेयर बजार चलायमान बनाउन राष्ट्र बैंकले नीतिमा परिवर्तन गर्नै पर्छ । पहिलो असहज अवस्थामा ल्याइएका नीतिहरु तरलता सहज बन्दै गरेको अवस्थामा नीतिलाई पुनरावलोकन गर्दै जानुपर्छ । आर्थिक वर्ष सकिदै गएको र बोनस खाने समय पनि भएकाले अहिले लगानीका लागि उपयुक्त समय हो,’ उनले भने  ।    

Bizshala
Shivam Cement
CG Motors

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमध्ये ६ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य ७ वटा समूहमा भने रातो पोतियो । आज वित्त समूहमा सबैभन्दा धेरै अर्थात २.११ प्रतिशतको वृद्धि देखियो । आज विकास बैंक समूह १.५६ प्रतिशत,हाईड्रो०.१९,लघुवित्त १.३६,म्युचुअल फण्ड ०.५१ र अन्य समूह ०.०३ प्रतिशतले बढ्यो ।  

आज बैंकिङ समूह ०.२९ प्रतिशत,होटल ०.२१,लगानी ०.२५,जीवन बीमा ०.१८,उत्पादन तथा प्रशोधन ०.२२निर्जीवन बीमा ०.०९ र व्यापार समूह ०.४२ प्रतिशतले घट्यो ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

आज मेरोफाइनान्स लघुवित्तको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २४ करोड ३२ लाख बढीको सेयर कारोबार भयो । यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड ४१ लाख,पोखरा फाइनान्सको १६ करोड १७ लाख र माउन्टेन इनर्जीको १४ करोड ५८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन नेपाल फाइनान्स कम्पनी र गणपति लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज यी कम्पनीहरुको सेयरमूल्य १० प्रतिशतको उछाल आयो ।  

त्यस्तै मकर जितु माया सुरी हाईड्रोको सेयरमूल्य ७.२१ प्रतिशत,शिवश्री हाईड्रोको ६.९१ र आरम्भ चौतारी लघुवित्तको सेयरमूल्य ६.३९ प्रतिशतले बढ्यो ।  

आज बुद्धभूमी नेपाल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ७.०१ प्रतिशतले घट्यो । साथै आज समाज लघुवित्तको सेयरमूल्य ३.२६ प्रतिशत र अपर हेवाखोला हाईड्रोको सेयरमूल्य २.८६ प्रतिशतले घट्यो ।    

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.