बुधबार, असार १८,२०८२ 09:46:03
  • बुधबार, असार १८,२०८२ 09:46:03
Global IME Bank Limited

गूडविल फाइनान्सको सेयर भाउ ओभर बट जोनमा, कस्तो रहला आगामी यात्रा ?

Hyundai Nepal
गूडविल फाइनान्सको सेयर भाउ ओभर बट जोनमा, कस्तो रहला आगामी यात्रा ?
Nabil Bank Limited

काठमाण्डौ । गूडविल फाइनान्स नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत १५ वटा फाइनान्स कम्पनीहरु मध्येको एक हो । यो नेपाल राष्ट्र बैंकबाट ‘ग’वर्गको इजाजतप्राप्त राष्ट्रिय स्तरको संस्था हो । यो कम्पनीको स्थापना वित्तीय कम्पनी ऐन २०४२,अनुसार विस २०५१ सालमा भएको थियो । कम्पनीका उपत्यकाभित्र र बाहिर गरेर १५ वटा शाखा रहेका छन् ।  

आधारभुत पक्षः

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिबेदन अनुसार कम्पनीको चुक्ता पूँजी ९४ करोड ६१ लाख रुपैयाँ रहेको छ । कम्पनीको सेयर प्रिमियम २४ लाख ७५ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन अर्निङ ३९ करोड ५७ लाख रुपैयाँले नकरात्मक रहेको छ ।  

त्यसैगरि, कम्पनीको जगेडा कोषको आकार ८२ करोड ५८ लाख रुपैयाँ रहेको छ । कम्पनीको कूल पूँजी १ अर्ब ३७ करोड रहेको छ भने खूद मूनाफा ८ करोड ३४ लाख रुपैयाँ रहेको छ । कम्पनीको वितरणयोग्य मुनाफा पनि ३९ करोड ५६ लाख रुपैयाँ नकारात्मक  रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२.१९ रुपैयाँ नकारात्मक रहेको छ भने रिर्टन अन इक्विटी ८.३६ प्रतिशत नकरात्मक रहेको छ । कम्पनीको खराब कर्जा अनुपात ८.३६ प्रतिशत रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

फिएर एण्ड ग्रिड मिटर  

फिएर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनीको सेयर भाउ हाल ८५ को तहमा स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको छ । यो भनेको यस कम्पनीप्रति लगानीकर्ताहरुको आकर्षण बढेको छ भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य ६१४ रुपैयाँ रहेको छ भने न्यून मूल्य ३१४ रुपैयाँ रहेको छ । कम्पनीमा ५१ प्रतिशत  संस्थापक समूह र ४९ प्रतिशत सर्वसाधारण समूहको सेयर स्वामित्व रहेको छ । हाल कम्पनीको दोस्रो बजार मूल्य प्रतिकित्ता ६१४ रुपैयाँ रहेको छ ।  

बोलिङगर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको सेयरमूल्य हाल अपर ब्याण्डसँग–सँगै हिडेको छ । आज अपर ब्याण्डमा बुलिस मारुबुजु क्याण्डल बनेको छ । म्याक्डीमा बुलिस क्रसओभर बनेको छ भने हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन् । योसँगै आरएसआई ओभरबट जोन ८० को तहमा पुगेको छ । समग्रमा तीन वटै इन्डिकेटबाट नियाल्दा यो कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दै गएको देखिन्छ । तर आरएसआई ओभरबट जोनमा पुगेको कारण अल्पकालमा भने करेक्नस आउन सक्छ ।  

पिभट् प्वइन्ट

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –७३२

प्रतिरोध २ –६४८

प्रतिरोध १– ५४२

पिभट प्वइन्टः ४५८

घटेमा सपोर्ट  

सपोर्ट १– ३५२

सपोर्ट २– २६८

सपोर्ट  ३ –१६२

निष्कर्षः आधारभूत रुपमा यो कम्पनीलाई नियाल्दा वित्तिय रुपमा भने निकै कमजोर रहेको देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी, रिर्टन अन इक्विटी र वितरणयोग्य मुनाफा नकारात्मक रहेको छ । यद्यपी कम्पनीको बुक भ्यालु भने सन्तोषजनक अर्थात १४५ रुपैयाँ रहेको छ ।  

कम्पनीको खराब कर्जा ६.४८ प्रतिशत रहेको छ । प्राविधिक रुपमा यो कम्पनीलाई विभिन्न इन्डिकेटरमार्फत नियाल्दा फिएर एण्ड ग्रिड मिटरमा स्ट्रङ बुलिस सेन्टिमेन्टमा रहेको देखिन्छ । यसले कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्दो गतिमा रहेको भन्ने बुझिन्छ । यद्यपी कम्पनीको आरएसआईबाट नियाल्दा भने हाल ओभर बट जोन ८० नजिक पुगेकोले आगामी कारोबारमा अल्पकालिन करेक्नस आउँन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.