मंगलवार, असार १७,२०८२ 01:50:46
  • मंगलवार, असार १७,२०८२ 01:50:46
Global IME Bank Limited

ईयुले एप्पलमाथि ३८.१ बिलियन डलर जरिवाना लगाउन सक्ने, यस्तो छ कारण

Hyundai Nepal
ईयुले एप्पलमाथि ३८.१ बिलियन डलर जरिवाना लगाउन सक्ने, यस्तो छ कारण
Nabil Bank Limited

काठमाण्डौ । युरोपेली युनियन(ईयु)ले आईफोन निर्माता कम्पनी एप्पललाई प्रविधिसँग सम्बन्धित नयाँ नियम उल्लंघन गरेको आरोप लगाएको छ । ईयुले एप्पलले एड डेभलपर्सलाई आफ्ना ग्राहकलाई सस्तो मूल्यमा सेवा प्रदान गर्न रोक लगाएको आरोप लगाएको हो ।  

ईयुले गत मार्च महिनामा गरेको प्रारम्भिक अनुसन्धानका क्रममा यस्तो तथ्य पाइएको जनाएको छ । यदि कम्पनी यस विषयमा दोषी सावित भयो भने कम्पनीले ३८३ बिलियन डलरबराबरको विश्वव्यापी आम्दानीको १० प्रतिशत अर्थात ३८.३ बिलियन डलर जरिवाना तिर्नुपर्ने हुनसक्छ ।

CG Motors
Muktinath Bikas Bank Limited

यदि कम्पनीले भविष्यमा यस्तो गल्ति फेरी पनि दोहोरायो भने कम्पनीले विश्वव्यापी आम्दानीको २० प्रतिशत जरिवाना तिर्नुपर्ने हुनसक्ने ईयुले जनाएको छ ।

ईयुले कुनैपनि कम्पनीलाई हालै जारी गरेको नयाँ प्रविधि कानून,‘डिजिटट मार्केट एक्ट(डीएमए)’ मा रहेको प्रावधान उल्लंघन गरेको आरोपमा  लगाएको यो पहिलोपटक हो । डीएमए गत मार्च महिनादेखि लागू भएको थियो । यो ऐनमा ठूला टेक कम्पनीकोहरुको दबदवा कम गर्न प्रतिस्पर्धि कानूनहरुको व्यवस्था गरिएको छ ।  

मार्च महिनामा ईयुले एप्पल, गूगल र मेटामाथि अनुसन्धान सुरु गरिने जनाएको थियो । -एजेन्सी 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.