शुक्रबार, बैशाख १२,२०८२ 11:31:39
IME remit
  • शुक्रबार, बैशाख १२,२०८२ 11:31:39
IME remit
Global IME Bank Limited

आइएमई मोटर्स अब स्विच मोबिलिटिका विद्युतीय गाडी र अशोक लेल्यान्डका डिजेल जेनेरेटरको आधिकारिक वितरक

Hyundai Nepal
आइएमई मोटर्स अब स्विच मोबिलिटिका विद्युतीय गाडी र अशोक लेल्यान्डका डिजेल जेनेरेटरको आधिकारिक वितरक
Nabil Bank Limited

काठमाण्डौ । आइएमई मोटर्स नेपालमा स्विच मोबिलिटिका विद्युतीय गाडी र अशोक लेल्यान्डका डिजेल जेनेरेटरको बिक्रीवितरण गर्ने आधिकारिक प्रतिनिधि बनेको छ। 

अशोक लेल्यान्डको ७५औँ वार्षिकोत्सवका अवसरमा भारतको चेन्नेईमा आयोजित एक विशेष समारोहबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। 

सम्झौतामा स्विच मोबिलिटिका प्रमुख कार्यकारी अधिकृत महेश बाबु र आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले हस्ताक्षर गरेका छन्। अशोक लेल्यान्डका अध्यक्ष धिरज हिन्दुजाले उक्त सम्झौता आइएमई मोटर्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई हस्तान्तरण गरेका हुन्। 

भारतीय अटोमोटिभ कम्पनी अशोक लेल्यान्डको सब्सिडियरी कम्पनी स्विच मोबिलिटीले विद्युतीय सवारीसाधन निर्माण तथा दिगो यातायातका साधनको विकासमा केन्द्रित रहेर वातावरणमैत्री विद्युतीय बस तथा हलुका व्यावसायिक सवारीसाधन उत्पादन तथा वितरण सुरु गरेको छ।

यो कम्पनी सन् २०२० मा अशोक लेल्यान्डको सहायक कम्पनीको रुपमा स्थापना भएको थियो। 

अशोक लेल्यान्डको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजित एक समारोहबीच भारतीय यातायातमन्त्री नितिन गड्करीले स्विच मोबिलिटिद्वारा उत्पादित हलुका व्यावसायिक विद्युतीय सवारीसाधनको उद्घाटन गरेका हुन्। 

त्यसैगरी आइएमई मोटर्स अशोक लेल्यान्डका डिजेल जेनेरेटर (जेनसेट) को पनि बिक्रीवितरण गर्ने आधिकारिक प्रतिनिधि बनेको छ। अशोक लेल्यान्डले आफ्नो उत्पादन पोर्टफोलियोको एक अंगका रुपमा डिजेल जेनेरेटरहरु उत्पादन गर्दछ।

अशोक लेल्यान्डका जेनेरेटर आवासीय, व्यावसायिक, औद्योगिक र कृषिलगायत विभिन्न क्षेत्रमा भरपर्दो र विश्वसनीय ऊर्जा परिपूर्तिका लागि डिजाइन गरिएको छ। अशोक लेल्याण्ड प्रसिद्ध व्यावसायिक समूह हिन्दुजा ग्रुपको प्रमुख कम्पनी हो।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.