मंगलवार, असार ९,२०८३ 12:01:00
Bizshala
  • मंगलवार, असार ९,२०८३ 12:01:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अफ्रिकामा फैलियो घातक रोग एमपक्स, ४१० जनाको मृत्यु भएपछि तात्यो विश्व स्वास्थ्य संगठन

Laxmi Sunrise Bank Limited
अफ्रिकामा फैलियो घातक रोग एमपक्स, ४१० जनाको मृत्यु भएपछि तात्यो विश्व स्वास्थ्य संगठन

काठमाण्डौ । अफ्रिकामा एमपक्स नामक घातक रोग फैलिएको छ । अफ्रिका महादेशको कंगोमा एमपक्सको डरलाग्दो भेरियन्ट फैलिएको चेतावनी दिएपछि विश्व स्वास्थ्य संगठनले यसको नियन्त्रणका लागि यथाशिघ्र पहल चाल्नु पर्ने जनाएको छ ।  

‘ हालै अफ्रिकामा वृद्धि भईरहेको एमपक्सको प्रकोपलाई जतिसक्दो चाँडो सम्बोधन गर्नुपर्ने देखिन्छ,’ एमपक्सका लागि विश्व स्वास्थ्य संगठनका प्राविधिक हेड रोजामुन्ड लुईसले भने ।  

त्यस्तै कंगोको दुर्गम किभु प्रान्तमा एमपक्स प्रकोपको बारेमा काम गरिरहेका युनिभर्सिटी अफ रुवान्डाका जोन क्याउडी उडाहेमुकाले पनि कंगोमा दशकौदेखि फैलिरहेको क्लेड आई एमपक्सको उत्परिवर्तित भर्जन एकदमै भयानक भएको बताएका छन् । यो रोगको मृत्युदर वयक्समा ५ प्रतिशत र बालबालिकामा १० प्रतिशत रहेको छ ।  

यो वर्ष कंगोमा ८ हजार ६ सय एमपक्सको केसहरु देखिएका छन् । जसमध्ये ४१० जनाको मृत्यु भईसकेको छ ।  

New Office
CG Motors
Garima Development Bank

एमपक्स एक प्रकारको भाइरल संक्रमण हो । जो संक्रमित व्यक्तिको सम्पर्कमा आएपछि सर्ने गर्छ । जसको लक्ष्यण फ्लु जस्तै सामान्य हुन्छ । तर यसले संक्रमितको ज्यानै समेत लिन सक्छ ।  

यो भाइरसको कम शक्तिशाली भेरियन्ट सन् २०२२ मा पुरुष–पुरुषबीचको संसर्गबाट विश्वभर फेलिएको थियो । यसलाई विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । अहिले यो प्रकोप अन्त्य भएपनि यसको जोखिम अझै रहेको लईसले बताएका छन् । यो भेरियन्टको भाइरसबाट यो महिना दक्षिण अफ्रिकामा २ जनाको मृत्यु भईसकेको छ र कयौंको उपचार भईरहेको छ ।  

एमपक्सका विरुद्ध भ्याक्सिन र उपचारको व्यवस्था रहेको छ, तर यी सबै कंगोमा भने उपलब्ध छैनन् ।  

विश्व स्वास्थ्य संगठन र वैज्ञानिकहरुले यसलाई नियन्त्रण र रोकथाम गर्ने प्रयासहरु भईरहेको बताएका छन् । अनुसन्धानकर्ताहरुले कंगोको किभु र एडाहेमुकामा नयाँ भेरियन्ट यौन संसर्गबाट तीव्र गतिमा फैलिरहेको बताएका छन् । यो रोगको अन्य माध्यमबाट भईरहेको फैलावटको बारेमा समेत अनुसनधान भईरहेको अनुसन्धानकर्ताले बताएका छन् । -एजेन्सी   

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.