Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

रु.६.५४ अर्बको बीमा पोलिसी सरेण्डर,नेपाल लाइफको सबैभन्दा धेरै

Global IME Bank Limited
रु.६.५४ अर्बको बीमा पोलिसी सरेण्डर,नेपाल लाइफको सबैभन्दा धेरै
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो ६ महिनाको अवधिमा जीवन बीमा कम्पनीका ५३ हजार बढी बीमा पोलिसी सरेण्डर भएका छन् । बीमा प्राधिकरणको तथ्यांकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा ६ अर्ब ५४ करोड ८८ लाख ८८ हजार रुपैयाँबराबरका ५३ हजार ११३ बीमा पोलिसी सरेण्डर भएका हुन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तथ्यांक अनुसार समीक्षा अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै बीमा पोलिसीहरु सरेण्डर भएका छन् । यो अवधिसम्म नेपाल लाइफको २ अर्ब ३४ करोड रुपैयाँ बढीको १५ हजार ४७ बीमा पोलिसी सरेण्डर भएका छन् ।  

त्यस्तै सबैभन्दा धेरै बीमा पोलिसी त्याग हुने कम्पनीमा लाइफ इ्रन्स्योरेन्स कम्पनी(नेपाल) दोस्रो स्थानमा रहेको छ । कम्पनीको १ अर्ब ३९ करोड रुपैयाँ बढीको बीमा पोलिसीहरु सरेण्डर भएका छन् । यो अवधिमा राष्ट्रि बीमा संस्थानको ५८ करोड ५६ लाखबराबरको ६ हजार ६०८,नेशनल लाइफको हजार ३७,मेट लाइफको २ हजार ५६,एशियन लाइफको ४ हजार ९०० सिटिजन लाइफको १ हजार ९२,सूर्यज्योति लाइफको २ हजार ५२८ र हिमालयन लाइफको ४ हजार ६१५ बीमा पोलिसी सरेण्डर भएका छन् ।  

यो अवधिमा ५ वटा कम्पनीको एक हजारभन्दा कम बीमा पोलिसी सरेण्डर भएको छ । सन नेपाल लाइफको सबैभन्दा कम बीमा पोलिसी सरेण्डर भएको छ । कम्पनीको जम्मा ३०७ वटा पोलिसी सरेण्डर भएका छन् ।  

यसैगरी आइएमई लाइफको ६५४,रिलायबल नेपाल लाइफ ७८०,सानिमा लाइफ ८७५ र प्रभुलाइफको ४९० वटा पोलिसी सरेण्डर भएका छन् ।  

बीमा अभिकर्ताहरुले विभिन्न प्रलोभनमा पारेर बीमितको आर्थिक अवस्था नबुझीकनै पोलिसी खरिद गर्न लगाउने गरेको आरोप पहिले देखि लाग्दै आएको छ । जसका कारण बीमा गरेको केहि समयपछि बीमितहरु बीमाशुल्क भुक्तानी गर्न असमर्थ हुन्छन् र बीमा अवधि पुरा नहुदै बीचमै बीमा पोलिसी त्याग्न बाध्य हुन्छन् । 

 

 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.