बिहीबार, बैशाख ३१,२०८३ 09:26:35
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 09:26:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कांग्रेस नेताले भने–‘गूड न्यूज आउने पक्का भो, एमालेसँग सहमतिको खाका तयार भइरहेको छ’

Laxmi Sunrise Bank Limited
कांग्रेस नेताले भने–‘गूड न्यूज आउने पक्का भो, एमालेसँग सहमतिको खाका तयार भइरहेको छ’
Shivam Cement

काठमाण्डौ । नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले एमालेसँगको छलफल निकै सकारात्मक बनेको र केही घण्टामै त्यो परिपक्व हुने दाबी गरेका छन् ।  

नाम उल्लेख नगर्ने शर्तमा देउवा निकट ती कांग्रेस नेताले बिजशालासँग भने–‘छलफलहरु निकै सकारात्मक बनेका छन् । तपाईलाई भनिदिन्छु, केही घण्टाभित्रै सबै कुरा परिपक्व हुनेवाला छ । बाहिर जेसुकै हल्ला होस्, अब सत्ता गठबन्धन फेरिन प्रष्ट भइसकेको छ ।’

Bizshala
New Office
CG Motors

ती नेताले दाबी गर्दै अहिले कांग्रेस र एमालेका उच्च तहका नेताहरु सत्ता सहकार्यदेखि संविधान संसोधनसम्मको मुद्दामा सहमतिनजिक पुगिसकेका र सहमतिको खाका नै लेख्न थालिसकिएको बताए । ‘मैले बुझेअनुसार अहिले सहमतिको ड्राफ्ट नै तयार हुन थालिसकेको छ । केही घण्टाको प्रतिक्षापछि देशले गुड न्यूज पाउने पक्का भयो ।’ ती नेताले थपे ।  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजै पदाधिकारी बैठक समेत बोलाएका थिए । सो क्रममा उनले समेत एमाले अध्यक्ष केपी ओलीसँगको छलफल निकै सकारात्मक रहेको बताएका थिए ।  

उता, नेकपा एमालेका अध्यक्ष ओली चाहिँ च्यासलस्थित पार्टी कार्यालयमा ईश्वर पोखरेल, शंकर पोखरेल, राजन भट्टराई लगायतका ९ पदाधिकारी तहका नेताहरुसँग ढोका थुनेर छलफल गरिरहेका छन् । सो छलफलमा कांग्रेसका एक नेताले भनेजस्तै कांग्रेससँग सत्ता सहकार्यदेखि संविधान संसोधन लगायतका मुद्दाहरुमा सहकार्य गर्ने हिसाबले सहमतिको सम्भावित खाकाको विषयमा कुराकानी भइरहने हुनसक्ने अनुमान गर्न सकिन्छ ।  

‘संविधान संशोधन गरी निर्वाचन प्रणाली फेर्ने र स्थिर सरकार दिने शर्तमा दुई दल बैकल्पिक गठबन्धन निर्माणको अन्तिम चरणमा पुगेका छन् ।’ एमालेस्थित एक उच्च स्रोतले भन्यो–‘तेश्रो शक्ति भएर सत्तामा हालीमुहाली गर्ने माओवादीका दिन अब सकिए ।’  

एमाले र काँग्रेसबीच नयाँ सत्ता समीकरणको प्रक्रिया अघि बढेको खबर बाहिरिएसँगै एमाले अध्यक्ष ओलीको सक्रियता ह्वात्तै बढेको छ । उनले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)सँग बालुवाटारमा तीनघण्टा वार्ता गरेका थिए । सो वार्तालाई स्वभाविक भनिए पनि त्यहाँ ओलीले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन कांग्रेस समेत सहमत भएकोले सहयोग गर्न प्रचण्डलाई आग्रह गरेका बुझिएको छ । प्रचण्डले भने कांग्रेससँग सहकार्य गर्न नहुने, बरु अहिलेको गठबन्धन जोगिन्छ भने आफूले प्रधानमन्त्रीको पद त्याग्नेसम्मको वचन दिएका बुझिएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.